काठमाडौं– बाजुराको त्रिवेणी नगरपालिका–८ कालापानी बस्ने बोल्न नसक्ने ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका ५८ वर्षीय रामबहादुर गिरी छन्। बलात्कार भएको १ घन्टाभित्रै गिरीलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो।
महिला घर नजिकै रहेको जंगलमा दाउरा काट्न गएको बेला गिरीले बलात्कार गरेका थिए। पीडित र अभियुक्तको स्वास्थ्य परीक्षण कार्य सम्पन्न गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।