काठमाडौं– हत्या गरी फरार रहेका झापा अर्जुनधारा नगरपालिका–२ बस्ने ४३ वर्षीय शरण भट्टराईलाई झापाको काँकडभिट्टाबाट प्रहरीले पक्राउ गरेको छ।
भट्टराईले बिर्तामोड नगरपालिका–४ बस्ने २७ वर्षीय दीपक पाण्डेलाई मोरङ बेलवारी नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको भाउन्ने चोक नजिक चौरमा २०६५ चैत ३१ गते दाउ प्रहार गरी हत्या गरेका थिए। हत्या गरेपछि पाण्डेले चलाएको को १ च ३८५० नम्बरको मारुती कार लुटेर भट्टराई फरार भएका थिए। उक्त कार पोखरास्थित हिरामोटर पार्टस एन्ड ग्यारेजका सञ्चालक हिरा गिरीकहाँ राखी ६५ हजार रुपैयाँ लिएर उनी त्यहाँबाट भारत पुगेका थिए। उनी दार्जलिङस्थित पानीट्याङकीमा बस्ने र बेलाबेलामा नेपाल आउने गरेका थिए।
भट्टराईलाई मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।