• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत ७, २०८२ Sat, Mar 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

निर्मला हत्याकाण्ड : ५५ जनाको डिएनए जाँच गर्दा पनि हात लाग्यो शून्य

कात्तिक २५ देखि सुरु भएकाे अनसन ताेड्दै निर्मलाका बुवाआमा
64x64
नेपाल लाइभ शुक्रबार, फागुन १०, २०७५  ११:२३
1140x725

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७ महिना पुग्दा पनि प्रहरी हत्यारा नजिक पुग्न सकेको छैन।अनुसन्धानको दायरा साँघुरो भएको, अभियुक्तको पहिचान भइसकेको, हत्यारा पक्राउ नै परिसकेको जस्ता खबर पटक-पटक सरकारी निकाय र प्रहरी स्वयम्ले बताए पनि बालिका पन्तको हत्यारा नजिक अझै प्रहरी पुग्न सकेको छैन।

यद्यपि उपलब्धिमुलक अनुसन्धान भने भइरहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले दाबी गर्दै आएका छन्। बालिका पन्तको हत्या भएपछि प्रहरीले अहिलेसम्म ५५ जनाको डिएनए जाँच गरिसकेको स्रोतले जानकारी दिएको छ। तर, जाँच गरिएका सबै डिएनए नमिलेपछि सबैजना छुटिसकेका छन्।

प्रहरीले सुरुमा कञ्चनपुरकै स्थानीय चक्र बडूको डिएनए जाँच गरेको थियो। घटनामा उनको संलग्नता नभएको पुष्टि भएपछि उनी छााडिएका थिए। त्यस्तै, बालिका पन्तको हत्या आफूले गरेको भन्दै कैलालीको मोहन्याल गाउँपालिका-५ का २२ वर्षीय जीवन घर्तीमगर र १७ वर्षका दीपक नेगीले दाबी गरेका थिए। पछि उनीहरु पनि डिएनए म्याच नभएपछि निर्दोष सावित भए।

बालिका पन्तको हत्यामा कञ्चनपुरकै तत्कालीन एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको संलग्नता भएको भन्दै छानबिन गर्नुपर्ने स्थानीयले माग गरेपछि उनीहरुको समेत डिएनए परीक्षण गरिएको थियो। डिएनए परीक्षणकाे रिपाेर्टअनुसार उनीहरु पनि शंकाकाे घेराबाट बाहिर निस्किएका थिए।

प्रदीप रावल, विशाल चौधरी, राष्ट्रिय अनुसन्धान विभागका भट्ट र पन्त थरका दुई सिपाहीको पनि डिएनए जाँच गरिएको थियो। उनीहरुकाे रिपाेर्टबाट पनि प्रहरीलाई कुनै सफलता हात लाग्न सकेकाे थिएन।

बालिका पन्तको हत्या भएका बेला नजिकैको ब्यारेकबाट १६ जना सैनिक बाहिरिएका थिए। उनीहरु मध्ये केहीको समेत डिएनए जाँच गरिसकिएको स्रोतले बतायाे। सेना, राष्ट्रिय अनुसन्धानका प्रहरी, स्थानीय गरी अहिलेसम्म ५५ जनाको डिएनए जाँच भइसकेको छ। नेपालको इतिहासमै एउटा घटनामा यति धेरैको डिएनए जाँच गरिएको पहिलो पटक हो।तर, नतिजा भने शून्य छ।

आठ अनुसन्धान टोली बन्दा पनि फुस्किएन अपराधकाे गाँठाे

गत साउन १० गते बेपत्ता भएकी बालिका पन्त भोलिपल्ट घर नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्। त्यसपश्चात् जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले अनुसन्धान सुरु गरेको थियो। कञ्चनपुरका इन्स्पेक्टर एकिन्द्र खड्काको टोलीले डेढ सयभन्दा बढीसँग बयान लिएको थियो।

Ncell 2
Ncell 2

घटना भएको चौथो दिनमा सिआइबीले डिएसपी अंगुर जिसीको नेतृत्वमा टोली खटायो। डिएसपी जिसीको टोलीले अभियुक्त दिलीपसिंह विष्ट भएको भन्दै सार्वजनिक गरेको थियो। पछि उनी डिएनए नमिलेपछि छुटे। तर, डिएसपी जिसी भने अझै आफ्नो अनुसन्धानमा विश्वस्त रहेको बताउँछन्।

यता गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले सिफारिस गरेपछि ५ प्रहरी अधिकारी निलम्बन हुनुबाहेक निर्मला हत्या अनुसन्धानमा कुनै प्रगति भएन।

पछि अनुसन्धानमै प्रहरीले गल्ती गरेको भन्दै प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तमराज सुवेदीको संयोजकत्वमा छानबिन समिति बनायो। समितिलाई स्तरोन्त्ति गर्दै एआइजी धिरु बस्न्यातलाई संयोजक बनाइयो। उक्त टोलीले तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई भविष्यमा अयोग्य हुने गरी सेवाबाट हटाउनु बाहेक कुनै काम गरेन।

डिएसपी अंगुर जिसीको टोलीपछि सिआइबीले दाेस्रो टोलीको रुपमा एसएसपी ठाकुर ज्ञवालीको नयाँ छानबिनकाे टोली गठन गरेकाे थियाे। उनी बढुवा भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भए। अहिले सिआइबीबाट एसपी सुदिप गिरीको टोलीले अनुसन्धान गरिहेको सिआइबीका डिआइजी निरज शाही बताउँछन्।

त्यस्तै अनुसन्धान गर्ने माहोल नै नबनेको भन्दै प्रहरी प्रधान कार्यालयले एसपी दुर्गा सिंहको नेतृत्वमा अर्काे टोली फिल्डमा खटाएकाे थियाे।

प्रहरी प्रधान कार्यालयले बिशेष ब्युरोको एक टोली पनि अनुसन्धानका लागि कञ्चनपुर पठाएको थियो। उक्त टोलीले पनि कुनै नयाँ तथ्य उजार गर्न सकेन।

गत पुस १३ गते आइजिपी सर्वेन्द्र खनालसहितको एक टोली कञ्चनपुरतर्फ लाग्यो। टोलीमा महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी रुगम कुँवर, सई गजेन्द्र रावलसमेत थिए। त्यसभन्दा अघि नै महाशाखाका डिएसपी मनोहर भट्ट कञ्चनपुरमै खटिएका थिए। आइजिपीसँगै कञ्चनपुर पुगेको महाशाखाको टोली भने अझै फर्किएको छैन।

डिएसपी रुगम कुवँर कञ्चनपुरमै छन् भने सई रावल केही दिनअघि मात्रै काठमाडौं फर्किएका छन्। अनुसन्धानमा प्रगति भइरहेको बाहेक अनुसन्धानमा खटिएका प्रहरी टोलीले अन्य कुरा बताउन चाहेका छैनन्।

तर, ८ वटा अनुसन्धान टोली खटिँदा पनि नतिजा भने शून्य नै छ।

अनुसन्धान गर्ने वातावरण बन्दै

घटनाको अनुसन्धान गर्न अहिले पनि सिआइबीको टोली, एसपी दुर्गा सिंहको टोली, महानगरीय अपराध महाशाखाको टोली खटिइरहेको छ। टोलीले स्थानीय व्यक्तिसँग सोधपुछ, घटनाको अवलोकन, विश्लेषण, संकास्पद व्यक्तिको गतिविधिको सुक्ष्म निगरानी, कञ्चनपुर आसपासबाट बेपत्ता भएका व्यक्तिको खोजी, विभिन्न मितिमा अपराधमा संलग्न भएका व्यक्तिको निगरानी गरिरहेको छ।

घटना भएका सुरुका दिनमा अनुसन्धान गर्न समेत गाह्रो रहेकाे र अहिले अनुसन्धान गर्ने वातावरण बन्दै गएकाे अनुसनधानमा खटिएका प्रहरी अधिकारीले बताउँदै आएका छन्। ‘बिस्तारै माहोल बन्दै छ। पहिले कसैलाई सोधपुछ गर्नेसम्म पनि अवस्था थिएन भने अहिले स्थानीयले समेत अनुसन्धानमा सहयोग गर्न थालेका छन्’, अनुसन्धानमा खटिएका एक अधिकारीले नेपाल लाइभसँग भने।

प्रहरीको अनुसन्धानमै शंका गर्दै आएका स्थानीयहरुले अहिले प्रहरीलाई सहयोग गर्न थालेकाले अनुसन्धान गर्न सहज हुँदै गएको बताइएको छ। तर, अहिलेसम्म निर्मला रोशनी बमको घरबाट कता गइन्, बलात्कार भएको ठाउँ आसपास कसैले अभियुक्तलाई देखे/नदेखको भन्नेबारे वास्तविकता आउन नसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन्।

तीन प्रहरी प्रमुख फेरिए, नतिजा जहाँको त्यहीं

बालिका पन्तको हत्या हुँदा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी दिल्लीराज विष्ट थिए। विष्टलाई जिम्मेवारी बहन गर्नेक्रममा गम्भीर त्रुटी गरेको, प्रमाण नष्ट गरेको, आन्दोलनलाई दमन गरेको लगायतका आरोप लगाउँदै प्रहरी प्रधान कार्यालयले भदौ ७ गते जिम्मेवारीबाट हटाएको थियो।

त्यसपछि कञ्चनपुर प्रहरी प्रमुखको नेतृत्व गर्न एसपी कुवेर कडायत पुगेका थिए। उनी कञ्चनपुर पुगेको भोलिपल्ट प्रहरी गोली लागेर एक जना आन्दोलनकारीको ज्यानसमेत गएको थियो। त्यसपछि उनी नेतृत्वको प्रहरी टोलीले पनि घटनाको अनुसन्धान गरिरहेको थियो। तर, जिम्मेवारी सम्हालेको ६ महिनामै फागुनको पहिलो साता उनलाई पनि प्रहरी प्रधान कार्यालयले हटाएको छ। उनको ठाउँमा एसपी दिनेशकुमार आचार्यलाई पठाइएको छ।

प्रहरी नियमावलीअनुसार सामान्यतया कुनै पनि प्रहरी कर्मचारीलाई सरुवा भएको एकवर्षभन्दा अघि नै पुन: सरुवा गर्न नपाइने उल्लेख छ। सरुवा गर्नुपरे सरुवाको कारणसहित खुलाउनु पर्ने व्यवस्था छ। स्रोतका अनुसार उनलाई जिम्मेवारी बहन गर्न नसकेको र कार्यशैली सन्तुष्ट नभएको भन्दै सरुवा गरिएको हो।

यसरी ३ जना एसपी फेरिदाँ पनि निर्मला पन्तको हत्या अनुसन्धानमा भने प्रहरीले कुनै प्रगति हात पार्न सकेको छैन।

प्रहरी भन्छ – नमूना जाँचका लागि विदेश पठाउँछौं

डिएनएको वैधानिकतामै प्रश्न उठ्न थालेपछि नेपाल प्रहरीले उक्त स्वाब नै जाँचका लागि विदेश पठाउने तयारी गरिरहेको छ। यसबारे छलफल पनि भइरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताइसकेका छन्।

मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा समेत डिएनएको जाँच प्रक्रियामा त्रुटि भएको उल्लेख थियो। प्रहरी बयानमा अभियुक्त भनिएकाहरुले हत्या र बलात्कार स्विकार गर्नु तर डिएनए नमिल्नुले निर्मला हत्या काण्ड झनै रहस्यमय बन्दै गएपछि नमूना जाँचका लागि विदेश पठाउनेसम्मको निष्कर्षमा प्रहरी पुगेको हो।

डिएनए विज्ञ टोली गठन गर्न सुझाव

पक्राउ परेका अभियुक्तले अपराध स्वीकार गर्नु तर डिएनए नमिल्नु, ५५ जनाको डिएनए परीक्षण गर्दा समेत कनै 'क्लू' फेला नपरेका कारण फरक कोणबाट अनुसन्धान गर्नुपर्ने कुराहरु पनि उठ्दै आएका छन्।

अझ राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको टोलीलेले डिएनए जाँच प्रक्रिया नै त्रुटिपूर्ण भएकाले डिएनएलाई आधार नमानी अनुसन्धान गर्न निर्देशन समेत दिएको थियो। पूर्व महान्यायधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा गठन भएको टोलीमा पूर्व एआइजी विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा र आयोगका केही अधिकारी थिए।

उक्त टोलीले निर्मला पन्तको शवबाट भेजाइनल स्वाब संकलन नै त्रुटिपूर्ण भएको निष्कर्ष निकालेको थियो। बालिका पन्तको भेजाइनल स्वाबबाट डिएनएको नमूना संकलन गर्दा सिन्कोमा कपास बेरेर गरेको र उक्त प्रक्रिया नै गलत भएको आयोगको टोलीले उल्लेख गरेको थियो। यसरी संकलन गरी टेस्ट ट्युबमा राख्दा पर्याप्त मात्रामा डिएनए संकलन नहुने र डिएनए ह्रास हुँदै जाने, नष्ट हुने र परिणाम सही नआउने आयोगको निष्कर्ष छ। जसकारण अहिलेको डिएनए नै त्रुटिपूर्ण भएको आयोगले जनाएकाे थियो।

प्रहरीले विदेशमा जाँच गर्न पठाउने भनिए पनि स्वाब नै पर्याप्त नभएकोले पुन: जाँचको सम्भावना नरहेको डिएनए विज्ञहरुले बताएका छन्। डिएनए रिपोर्टमात्रै हेर्न पठाएको अवस्थामा हत्या झनै रहस्यमयी बन्ने उनीहरुको भनाइ छ।

जसकारण डिएनए विज्ञसहितको एउटा टोली गठन गर्नुपर्ने र उक्त टोलीको सुझावअनुसार अघि बढ्नुपर्ने डिएनए विज्ञहरुले बताएका छन्। ‘पक्राउ परेका अभियुक्तले अपराध स्वीकार गर्ने तर ५५ जनाको डिएनए गर्दासमेत नमिलेकाले डिएनएमै समस्या रहेको हुनसक्छ, यसको विकल्पमा अब डिएनए विज्ञ टोली गठन गरेर उक्त टोलीकै सुझावअनुसार अघि बढ्नुको विकल्प छैन’, स्रोतले भन्यो।

निर्मलाका बुवाआमाले अनसन तोड्दै

छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै ३ महिनादेखि अनसनमा बसेका निर्मलाका आमाबाबुले आज अनसन तोड्ने भएका छन्। नागरिक संघर्ष समितिको बैठक बसी शुक्रबार १२ बजे निर्मलाका बुवा यज्ञराज र सौतेनी आमा लक्ष्मीले अनसन तोड्ने बताइएकाे छ।

हत्याराको पहिचान र कारबाहीको माग गर्दै गत कात्तिक २५ देखि उनीहरु जिल्ला प्रशासन कार्यालयको गेटअगाडि अनसनमा बसेका थिए। २४ घण्टे अनसनका क्रममा स्वास्थ्यमा समस्या बढ्दै गएपछि अनसन स्थगित गर्नुपरेकाे बुवा यज्ञराजले बताए। उनले उपचारका लागि काठमाडाैं जानुपर्ने भएका कारण पनि केहीसमयका लागि अनसन स्थगित गर्न लागेकाे जानकारी दिए।

अनसन क्रममा निर्मलाका बुवा यज्ञराजकाे मानसिक स्थितीमा समस्या देखिएपछि उनलाई काठमाडाैं ल्याएर उपचार गराइएकाे थियाे। त्यस्तै कान्छी आमा लक्ष्मीको पनि टाउको दुख्ने र शरीर सुन्निने समस्या बढ्दै गएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  ११:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने
हुरीबताससहित सातै प्रदेशमा वर्षा : सबैभन्दा बढी मकवानपुरमा ४६ मिलिमिटर
सम्बन्धित सामग्री
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले नागार्जुन नगरपालिका-८ भिमढुङ्गाबाट साेही ठाउँका २८ वर्षीय सागर गिरी र २८ वर्षकै प्रमोद प्रसाद... सोमबार, चैत २, २०८२
सुर्खेतमा शिकार खेल्न गएका पाँच जना दश दिनदेखि सम्पर्कविहीन सम्पर्कविहीन हुनेहरूमा सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घ... सोमबार, चैत २, २०८२
निर्वाचन प्रहरीलाई फागुन २८ मा सम्मानसहित बिदाई ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर... मंगलबार, फागुन २६, २०८२
ताजा समाचारसबै
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
हुरीबताससहित सातै प्रदेशमा वर्षा : सबैभन्दा बढी मकवानपुरमा ४६ मिलिमिटर शुक्रबार, चैत ६, २०८२
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, आइतबार पुनः बस्ने शुक्रबार, चैत ६, २०८२
शनिवार सरकारले दियो ईदको सार्वजनिक बिदा शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह बिहीबार, चैत ५, २०८२
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने बिहीबार, चैत ५, २०८२
सुनको मूल्य ७ हजार ८ सयले घट्यो शुक्रबार, चैत ६, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्