जनकपुर- टिपरले मोटरसाइकललाई ठक्कर दिँदा महोत्तरीको औरहीमा एक महिलाको मृत्यु भएको छ।
बिहीबार साँझ जिल्लाको जलेश्वर बर्दीवास सडक खण्डमा ना७ख ३५७७ नम्बरको टिपरले ज ५ प ३९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिँदा मोटरसाइकलमा सवार विनोद चौधरीकी श्रीमती मिला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी मिलालाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा मिलाका श्रीमान् मोटरसाइकल चालक विनोद घाइते भएका छन्।
घटनापछि टिपर चालक फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।