काठमाडौं– मकवानपुरको कैलाश गाउँपालिका-१ बाट प्रहरीले २ सय ७३ किलो चरेस र १ सय ९० किलो गाँजाको धुलो बरामद गरेको छ।
उक्त गाँजाको धुलो र चरेससहित कैलाश-१ बस्ने मेवा भनिने चन्द्रबहादुर घलान र धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३६ वर्षीय पशुपति भन्ने जीवन तामाङ पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा चन्द्रबहादुरको घरमा खानतलासी गर्दा चरेस २ सय ७३ किलो र उनकै घरसँगै रहेको गोठभित्र घाँसपातले छोपिएको अवस्थामा ५ वटा बोरामा चरेस बनाउन तयार पारिएका लागुऔषध गाँजाको धुलो १ सय ९० किलो फेला परेको धादिङ प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।