काठमाडौं– एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डिन बबालाल साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कीर्तिपुरबाट बल्खु आउने क्रममा बाटोमा हिँड्दै गर्दा सहायक डिन साहले यौन दुर्व्यवहार गरेको आरोप एक छात्राले लगाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ।
अहिले छात्रा र सहायक डिन साह दुवैलाई महानगरीय प्रहरी वृत कालिमाटीमा राखेर घटनाका बारेमा बुझ्ने काम भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
सहायक डिन साहले बाटो हिँड्दै गरेकी छात्रालाई मोटरसाइकलले हान्न लागेपछि आफूले तानेर जोगाएको बताएका छन् भने छात्राले संवेदनशील अंगमा छोएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।
आरोपित साहलाई सत्तारुढ नेकपा निकटका विद्यार्थी संगठनले कालोमोसो दलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।