जनकपुर- जनकपुरमा आज बिहान एक पुरुषको शव फेला परेको छ।
फेला परेको शव जनकपुर उपमहानगरपालिका १७ कटरैत बस्ने ३३ वर्षीय रामरतन मुखियाको रहेको प्रहरीले जनाएको छ। मुखिया जनकपुरमा फर्निचरको काम गर्ने गरेका थिए।
आफ्नै घरभन्दा ५ सय मिटर पर बाँसघारीमा स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान थालेको छ।
मुखिया गएराति ८ बाजे खाना खाएर घरबाट निस्केपछि सुत्नेबेलासम्म नआउँदा परिवारजनले खोजबिन सुरु गरेका थिए। तर बिहान एकाएक घरनजिक शव फेला परेपछि हत्या भएको परिवारको दाबी छ।
शव नजिक रगत पनि देखिएकोले हत्याको हुन सक्ने प्रहरीको आशंका छ।
घटनाको सूक्ष्म अनुसन्धानको लागि प्रदेश प्रहरीको समन्वयमा हेटौंडाबाट कुकुर सहितको टोली आउन लागेको जनाएको छ। टोलीले घटनास्थलको अनुसन्धान गरेपछि मात्र शवलाई पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।