काठमाडौं- एक सय ४ वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन २००७ फागुन ७ को स्मरणमा आज ६९औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।
जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ।
यस वर्ष पनि दिवस ३ दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ। प्रजातन्त्र दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गर्यो। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतको उपस्थिति थियो।
साे क्रममा सेनाद्वारा ताेप तथा बन्दुककाे बडाइँ (स्याल्भाे र भली फायर) गर्नुका साथै ६९औं प्रजातन्त दिवस अंकित ब्यानरले सुसिज्जत नेपाली सेनाकाे हेलिकाेप्टरबाट पुष्पवृष्टि र बेलुन उडाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।