• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मदिरा निषेधपछि फेरिएकाे मंगलसेन

‘श्रीमतीले उजुरी गर्दा कारबाहीमा परेंँ, अब मदिरा खान्नँ’
64x64
नेपाल लाइभ मंगलबार, फागुन ७, २०७५  ०८:०४
1140x725

-होम साउद/रासस 

अछाम- मङ्गलसेन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उनकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गरिन्। आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले ३ हजार रुपैयाँ जरिवाना तिरे। आफूले मदिरा सेवन गरेवापत श्रीमतीकै उजुरीले जरिवाना तिरेर सामाजिक रूपमा लज्जित भएपछि मदिरा सेवन गर्न छाडिदिएको हर्क बताउँछन्।

कारबाहीमा पर्नुअघि दिनभर मदिरामा लठ्ठिरहने उनी दुई महिनायता घरायसी र बाह्य काममा समेत सक्रिय छन्। 'मदिराकै कारण श्रीमतीले उजुरी गरेर मलाई बेइज्जत गराइन्, स्वास्थ्यमा पनि समस्या हुने, आर्थिकरूपमा पनि एक वर्षको अवधिमा १ लाख ४० हजार रुपैयाँ मदिरामै सकियो होला', रानाले भने। आफूले रक्सी छाडेपछि श्रीमती, छोराछोरी र समाजले पनि खुसी मनाएको उनको भनाइ छ।

राना थप्छन्, 'श्रीमतीको उजुरीपछि कारबाहीमा परेँ, सामाजिकरूपमा बदनाम भयो, अब कहिल्यै मदिरा सेवन गर्दिनँ।'

मदिराले सामाजिक, आर्थिक, शारीरिक र मानसिक विकासमा बाधा पुर्‍याइरहेको भन्दै मङ्गलसेन नगरपालिका वडा नम्बर १ कार्यालयले मदिरा व्यवस्थापनमा कडाइ गरेपछि महिला सबैभन्दा बढी खुसी छन्। घरायसी कामको बोझ, आर्थिक समस्या, त्यसमाथि हरेक पुरुषले मदिरा सेवन गरेर तनाव दिँदा आजित महिलाले मदिरा व्यवस्थापन मात्रै नभई मदिरा बन्द गर्नुपर्ने माग गरिरहेका छन्।

नगरपालिकाले नगर क्षेत्रभित्र बिहान सूर्योदयदेखि बेलुका सूर्यास्त नहुँदासम्म मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध गर्ने निर्णय गरेमुताविक वडाले निर्णयलाई कडाइका साथ कार्यान्वयन गरेपछि मदिरा व्यवस्थापन कार्य प्रभावकारी भएको छ।

नगरपालिकाका १४ वटै वडामध्ये वडा नम्बर १ ले मदिरा व्यवस्थापनमा नमूना काम गरेको भन्दै वडाका सरोकारवाला पनि खुसी छन्। स्थानीय समाजसेवी रामराजनाथ भन्छन्, 'मदिराले अस्तव्यस्त भइरहेको समाजलाई मदिरा सेवन तथा बिक्रीको समय निर्धारण गरी व्यवस्थापन गर्दा पनि निकै फाइदा भएको छ, अब मदिरारहित समाज बनाउन सबै लाग्नुपर्छ।'

वडा कार्यालयले सञ्चालन गरेको मदिरा व्यवस्थापन अभियानमा करीब एक वर्षको अवधिमा ३९ कारबाहीमा परेका छन्। तोकिएको समयभन्दा अन्य समयमा मदिरा सेवन तथा बिक्रीवितरण गर्ने उनीहरुलाई कारबाही गरी जरिवानावापत ४५ हजार ५ सय राजश्व सङ्कलनसमेत वडाले गरेको छ। कारबाहीमा परेका अन्य ११ जनाबाट अझै १८ हजार रुपैयाँ असुली गर्न बाँकी रहेको वडा सदस्य पूर्णबहादुर रानाले जानकारी दिए। वडाले चलाएको मदिराविरुद्धको अभियानलाई स्थानीय महिला तथा सरोकारवालाले महत्वपूर्ण साथ दिएको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

वडाले बिहानदेखि बेलुकासम्म मदिरा सेवन गर्न नपाउने नियम बनाएपछि पुरुषहरू सुध्रिएको महिलाको भनाइ छ। महिला स्वयंसेविकासमेत रहेकी मोती साउदले मदिरा सम्पूर्णरूपमा बन्द हुनुपर्ने माग गरे। उनले भने, 'मदिराले धेरैलाई घरबारविहीन बनाइसक्यो, हाम्रो दुस्मन भनेको नै रक्सी हो, त्यसैले सरकारले पनि यसलाई बन्द गराउनुपर्छ।'

मङ्गलसेन–१ मा मदिरा व्यवस्थापन कार्य प्रभावकारी देखिएपछि अब मदिरामुक्त वडा बनाउने अभियानमा लाग्नुपर्ने आवाजसमेत उठ्न थालेको छ। वडालाई मदिरामुक्त बनाएर समृद्ध र नमूना बनाउने अभियानमा आफू लागेको बताउँदै वडाध्यक्ष गोपाल थापाले यस कार्यमा सबैको साथ चाहिने बताए।

वडा नम्बर १ ले मदिरा व्यवस्थापन कार्यलाई सहज ढङ्गले सफल बनाएकामा खुसी व्यक्त गर्दै मङ्गलसेन–३ का अध्यक्ष पदमसिंह भाटले यसको सिको अन्य वडाले पनि गर्न जरुरी रहेको बताए। वडा नम्बर १ ले गरेको राम्रो कार्यका कारण नगरका अन्य वडाध्यक्षलाई पनि सक्रिय बन्न प्रेरणा मिलेको अध्यक्ष भाटको भनाइ छ। वडा नम्बर २ का अध्यक्ष मानबहादुर बोगटीले नगरको समग्र विकासका लागि मदिरा नियन्त्रण पहिलो चुनौती रहेको भन्दै आफूहरु सामुहिक रूपमा मदिराविरुद्ध लागिरहेको बताए।

नगरपालिका प्रमुख पदमबहादुर बोहराले जस्तोसुकै चुनौती आइलागे पनि मदिरा व्यवस्थापन गरेरै छाड्ने प्रतिबद्धता जनाए। मदिरा व्यवस्थापनका लागि कानुनले तोकेको समयावधि र सार्वजनिक स्थलबाट २०० मिटर टाढामात्रै बिक्री तथा सेवन गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने नगरप्रमुख बोहराको भनाइ थियो। उनले भने, 'नगरको १ नम्बर वडामा मदिराको प्रभावकारी व्यवस्थापन भएको छ, अब अन्य वडा र मङ्गलसेन बजारमा पनि मदिरा व्यवस्थापन गरिन्छ, समाजको दुस्मनका रूपमा रहेको मदिराले धेरै युवालाई बर्बाद बनाइरहेकाले मदिरालाई हामीले त्याग्नै पर्छ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नगरपालिकाले युवालाई व्यावसायिक सीप विकासमा अग्रसर गराउँदै कृषि उत्पादन, फलफूल खेती, पशुपालन र उद्यमशील कार्यमा लगाउने लक्ष्य राखेको छ। नगरवासीलाई आयआर्जनका क्रियाकलापमा सक्रिय गराई आत्मनिर्भर बनाएर समृद्ध नगर बनाउन आफू प्रयत्नशील रहेको भन्दै नगरप्रमुख बोहराले त्यसका लागि मदिरालगायत सामाजिक विकृति विसङ्गतिको अन्त्य जरुरी बताए।

प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५  ०८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्