काठमाडौं- धनुषा प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरी निरीक्षक सन्तोषकुमार झाको कमान्डमा खटिएको प्रहरी टोलीले पेस्तोलसहित उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका-२० देवपुर रुपैठाका ३२ वर्षीय इसराफुल खान छन्।
प्रहरीले खानको घरभित्र बाकसमा लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र २ राउन्ड गोली बरामद गरेको थियो।
खानलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को हातहतियार तथा खरखजाना कसुरअन्तर्गत मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।