• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

कोरियाका नेपाली भन्छन्- सरकारमाथि आशाको संकेत हरायो

64x64
नेपाल लाइभ सोमबार, फागुन ६, २०७५  १८:४८
1140x725

सोल, दक्षिण कोरिया- रोजगारीका लागि आकर्षक गन्तव्यका रूपमा परिचित दक्षिण कोरियामा करीब ७० हजारको हाराहारीमा नेपाली छन्। रोजगारी, व्यापार, अध्ययनलगायत प्रयोजनकालागि नेपालीहरू कोरियामा बस्दै आएका छन्। दोस्रो विश्वयुद्ध र गृहयुद्धबाट ठुलो क्षति व्यहोरेको कोरिया छोटो समयमा समृद्धि हाँसिल गर्ने मुलुकमा पर्दछ।  यहाँको समृद्धिलाई नियालिरहेका नेपालीहरू आफ्नो देशले पनि यसरी नै विकास गरेको हेर्न चाहेको बताउँछन्। 

देशबासी नेपालीले जस्तै कोरियाबासी नेपालीले पनि यस पटकको स्थायी सरकारसँग धेरै अपेक्षा राखेका थिए। तर अपेक्षाअनुरुप काम हुन भने नसकेको प्रतिक्रिया कोरियावासी नेपालीको छ। 

सरकारका एक वर्षे गतिविधि हेर्दा तत्काल देशले विकासको गति लिने आँकलन गर्न नसकिने उनीहरुको भनाइ छ। यसै सन्दर्भमा सरकारको एक वर्षलाई कोरियाबासी नेपालीले यसरी मूल्यांकन गरे-

यम श्रेष्ठ
सामाजिक अभियन्ता 

मैले प्रवासमा रहेर हरेक दिन समाचार हेर्दा/सुन्दा र सामाजिक संजाल केलाउँदा सरकारले सोँचे अनुरुप सफलता हासिल गरेजस्तो लाग्दैन। तरपनि विकास निर्माण र नीतिमा सुधारको सुरुवात पनि हुँदै गइरहेको छ। बारम्बार फेरबदल हुने कुर्सी र सत्तामोहले जडिएको अस्थायी सरकार, राजनीतिक अस्थिरताबाट आजित जनताले नेकपालाई बहुमत दिएर आशाको जनादेश दिएका हुन्। 

चुनावका बेलामा समृद्धि र विकासका नारा लगाएर जनतालाई आश्वासन पक्कै बाँडिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको मन्त्रीमण्डलका सुरुवाती कामले नयाँ सकारात्मक आशा सबैमा पलाएको थियो। तर समय क्रम संगै सरकार विभिन्न काण्डहरुमा मुछिँदै सबैले सोचेअनुरुपको काम गर्न सफल नभएको पाएको छु। एक वर्ष मात्र भएकाले काम गर्ने केही वर्ष समय बाकी छ। कमी कमजोरी मनन गरेर अझ उत्साहका साथ राष्ट्रनिर्माणमा गति प्रदान गरोस्।

अनिता उप्रेती
व्यवसायी


यहाँको विकाससँग तुलना गरेर यत्तिकै तीव्र गतिमा नेपाल विकास हुन त धेरै समय लाग्ला तर संकेत चाँहि देखिने बेला भएको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि श्रम मन्त्रालयले धेरै राम्रा काम सुरुवात त गरेकै छ। तर सामान्य तरिकाले हेर्दा वैदेशिक रोजगारीलाई झन् प्रोत्साहन पो गरेको हो कि जस्तो देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

रेमिट्यान्सले धानेको देशले रेमिट्यान्स भित्र्याउनेलाई दुर्व्यवहार गरेको सुन्दा मन खिन्न हुन्छ। भन्सार लाग्नुसम्म राम्रै विषय हो। उनीहरूले आफन्तलाई लगिदिएका कोसेलीसमेत खोसिनु पटक्क राम्रो होईन। 

सरकारले देशमै चेलीको बलात्कार गरी हत्या भएको महिनौँ बितिसक्दा पनि दोषीलाई कारबाही त परकै कुरा, पहिचान समेत गर्दैन। प्रवासमा रहेका महिलाका विषयमा काम गर्देला भन्ने त अपेक्षा नै छैन यो सरकारबाट। सरकारले धेरै गर्ला भन्ने अपेक्षा थियो, एक वर्षको संकेतले आशा हरायो।

सुजाता बस्नेत
किम्हे सिस्टरहुड, प्रतिनिधि 

सरकार गठन भएको एक वर्ष पूरा भईसक्दा विगतका सरकार र  वर्तमान सरकारमा खासै भिन्नता देखिएन। हुन त यो सरकारसँग हाम्रा अपेक्षा धेरै भएर पनि होला तर सरकारले देशका प्रमूख मुद्दा  एकातिर थाति राखेर अनावश्यक विषयमा मात्र रुमलिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चुनावका बेला प्रचार गरिएका विषयले एक वर्ष बितिसक्दा पनि ती काममा कुनै तयारी नै भएको छैन। सरकार तथ्यांकका कुरा गर्छ, तथ्यांकले देशमा भ्रष्टाचार झन् मौलाइरहेको देखाएको छ। 

देशको पूँजीगत खर्च उचित तवरले परिचालन गरिएको छैन। वैदेशिक लगानी अपेक्षाकृत रुपमा भित्रन सकिरहेको छैन। अन्य मुलुकसँग सम्बन्धमा सन्तुलन कायम भएको छैन्। युवालाई सीपमूलक तालिम दिएर देशमै प्रशस्त रोजगारी सिर्जना गर्नुको साटो सरकारले आफैं वैदेशिक रोजगारीलाई बढावा दिइरहेको छ। 

यति हुँदा-हुँदै पनि अहिले नै निराश भइहाल्नुपर्ने अवस्था चाहिँ होइन।  कृषिक्षेत्रको विकासका लागि सहज ऋणको व्यवस्था, वृद्ध भत्ता, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण निकाल्ने व्यवस्था, बेरोजगारी भत्ताजस्ता काम स्वागतयोग्य छन्। 

चीनसँग रेलसेवा विस्तारसम्बन्धी सम्झौता, यातायात क्षेत्रको सिन्डिकेट तोड्ने प्रयासलगायतका कामले केही हदसम्म सकारात्मक सन्देश प्रवाह गर्न केही सफल भएको जस्तो देखिन्छ। 

आर.सी अधिकारी
श्रमिक

सरकारका १ वर्षमा आशाभन्दा बढी निराशा प्रवाह भयो। जनताले जुन आशाका साथ झन्डै दुई तिहाइ बहुमत सहित इतिहासकै बलियो सरकार स्थापित गरेपनि जनताका आशाअनुसार काम हुन छैन। 

एक वर्षमा सरकारले केही राम्रा काम पनि गरेको छ। त्योभन्दा पनि धेरै विवादमा नै अल्झिरहेको छ। सात महिना बितिसक्दा पनि निर्मला पन्तको हत्यारा समात्न नसक्नु सुनकान्डको अनुसन्धान सेलाउँदै जानु, सिन्डीकेट नियन्त्रणमा उदासीन हुनु, सरकारकै मन्त्री वाइडबडीकान्डमा मुछिनु आदि सरकार असफलतका प्रतिनिधि घटना मात्रै हुन्। 

सरकारको नेतृत्व गरेका प्रधानमन्त्री/मन्त्री नै साँघुरो घेरामा रमाउनु राम्रो कुरा होइन। सरकारको 'समृद्ध नेपाल सुखी नेपाली' को नारा पनि नारामा मात्रै सीमित हुने दखिन्छ। 

चुनावी घोषणापत्रका नारा कागजमै सीमित भैइरहेका छन्। वैदेशिक रोजगारीमै जाने नेपालीको संख्या बढ्दै गहिरहेको छ। सरकारले स्वदेशमै रोजगारी बढाउने पहल गर्नुअघि विभिन्न देशसँग श्रम सम्झौतालाई नै उपलब्धि ठानिरहेको छ। सरकारका अधिकारी गफमै रूमलिनुभन्दा उपलब्धि देखिने काम गर्दा जनतामा आशा पलाउने थियो कि!

जीवन आचार्य, श्रमिक

अहिलेको सरकारले छोटो समयमा धेरै काम गर्नुपर्नेछ।  जनताका अपेक्षा धेरै छन्। नेपाल कुमालेको काँचो माटो हो, विश्व मानचित्रमा कसरी  सजाउने भनेर काम गर्ने पूर्ण अधिकारसहित सरकारले जनमत पाएको छ। सरकारका लागि यो चुनौती र अवसर दुबै हो।

वैदेशिक मजदुरका रूपमा हामीजस्ताको नजरमा हालसम्म सरकारको प्रयास सुशासन थालनी, हवाइ सेवा र पर्यटन पूर्वाधार, आवश्यकता र प्राथमिकताका आधारमा विदेश सम्बन्ध आदिका बारेमा नीतिगत व्यवस्था गर्नु र रेल सञ्चालनका लागि  पूर्वाधार निर्माणका काम सुरु गरेकाले केही हदसम्म शुभसंकेत मान्नुपर्छ। 

तर देशमा लगानीको वातावरण नबन्नु, वैदेशिक रोजगारीबाट फर्केकाहरूको सीप उपयोग हुन नसक्नु सरकारको कमजोरी हो। हामीजस्ता औद्योगिक मजदुर स्वदेश फर्केपछि सीप उपयोग गर्ने वातावरण बनाउन सरकारको अझै ध्यान पुगेको छैन। 

जबसम्म उद्योग हुँदैन, तबसम्म उद्यम हुदैन। जबसम्म रोजगारी हुँदैन, समृद्धि संभव छैन। यो समय युवालाई विदेश जान प्रोत्साहन गर्ने हैन, स्वदेशमै ऊर्जा, सीप र लगानीको वातावरण बनाउन ध्यान दिने हो। 

सरकारले भनेजस्तो ७ वटै प्रदेशबाट श्रम स्वीकृतिको सुरुवात गरिनु उपलब्धि होईन, परनिर्भरताका लागि प्रोत्साहन मात्र हो। रोजगार केन्द्र खाल्ने त भन्छ सरकार तर रोजगारी दिने कहाँ? 

कुरा र पेपरमा मात्र विश्वास गर्न सकिएन। 

प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५  १८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्