काठमाडौं – धनुषामा मृत भेटिएकी बालिकको सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि भएको छ।
धनुषाकी ११ वर्षीया बालिका दुतिया रैसेलीको शव जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो । मिथिला नगरपालिका–३ हरिहरपुरका नारायण रैसेलीकी ११ वर्षीया छोरी दुतिया फागुन १ गते गाउँमै बिहेभोज खान गएकी थिइन् । उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो।
घटना संकास्पद भन्दै २ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानबाट बालिकाको सामूहिक बलात्कार गरेर जिउँदै जलाइएको पाइएको २ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआइजी हरि पालले जानकारी दिए। उनले घटनामा संलग्न रहेकाे आशंकामा केही व्यक्ति पक्राउ परिसकेकाे उनीहरुलाई १/२ दिनमै सार्वजनिक गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।