• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीको निसानामा टोले गुन्डा र हतियार कारोबारी

सात महिनामा २४ जना हतियारसहित पक्राउ, ९ पेस्तोल र ६७ गोली बरामद
64x64
नेपाल लाइभ सोमबार, फागुन ६, २०७५  ०७:३०
1140x725

काठमाडौं- गुन्डा नाइके राजु गोर्खाली अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। व्यवसायीका पसलमा ताला लगाउने, जथाभावी रकम उठाउने गरेको उजुरी परेपछि महानगरीय अपराध महाशाखाको टोलीले माघ २० गते गोर्खालीलाई बानेश्वरबाट पक्राउ गरेको थियो। 

गत माघ ८ गते गोंगबुस्थित एक गेस्ट हाउसमा हतियार कारोबार हुँदै गरेको गोप्य सूचना महानगरीय प्रहरी परिसर काठमाडौंमा आयो। विश्वस्त स्रोतबाट सूचना आएपछि परिसरका डिएसपी होबिन्द्र बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले काभ्रेका अभिलाश तामाङलाई पक्राउ गर्‍यो। उनको साथबाट एउटा पेस्तोल र गोली समेत बरामद गरेको थियो।

परिसर र अपराध महाशाखाले टोले गुण्डा र हतियार कारोबारीविरुद्ध चलाएका यी दुई अपरेसनका उदाहरण हुन्। पछिल्लो समय राजधानीमा साना हतियारको बिगबिगी बढ्दै गएको निष्कर्ष निकाल्दै प्रहरीले विशेष अभियान चलाएर कारबाही प्रक्रिया अघि बढाएको बताएको छ। 

समाजमा अशान्ति फैलाउँदै गुण्डागर्दीमा संलग्नलाई परिसर र महाशाखा दुबैले कारबाही अभियान सुरु गरेका छन्। प्रहरीले अभियान चलाएको ६ महिनाभन्दा बढी भइसकेको छ। धेरै टोले गुण्डा पक्राउ परिसकेको बताएको प्रहरीले उनीहरूमध्ये केहीबाट हतियारसमेत बरामद गरेको छ।

२४ जना हतियारसहित पक्राउ, ९ पेस्तोल र ६७ गोली बरामद
चालु आर्थिक वर्ष २०७५/७६ को माघ महिनासम्म मात्रै काठमाडौं उपत्यकाबाट २४ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीको तथ्यांकअनुसार काठमाडौंबाट सबैभन्दा बढी हातहतियार तथा खरखजनासम्बन्धी ९ वटा मुद्दा चलेको छ। 

मेट्रोका डिआइजी शैलेश थापाले काठमाडौंबाट १८ जना पुरुष हतियारसहित पक्राउ परेको बताएका छन्। उनीहरूका साथबाट ६ वटा पेस्तोल, १ रिभल्वर, १ कटुवा पेस्तोल गरी ८ वटा पेस्तोल बरामद भएको छ। त्यसैगरी पेस्तोलमा लाग्ने गोली १७ राउन्ड, कटुवा पेस्तोलमा लाग्ने गोली २ राउन्ड र अन्य हातहतियारमा लाग्ने गोली ४३ राउन्ड गरी ६२ राउन्ड गोली बरामद भएको डिआइजी थापाले जाकनारी दिए। काठमाडौंबाटै गोलीका खोका तीन थान र म्याग्जिन एक थान पनि बरामद भएको छ। 

राजधानीमा साना हतियारको बिगबिगी बढ्दै गएको निष्कर्ष निकाल्दै प्रहरीले विशेष अभियान चलाएर कारबाही प्रक्रिया अघि बढाएको बताएको छ। 

त्यस्तै भक्तपुरबाट ५ थान गोलीसहित ५ जना पक्राउ परेका थिए भने उनीहरूका साथबाट १ पेस्तोल बरामद भएको र उनीहरुलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

ललितपुरबाट हतियारसहित एक महिला पक्राउ परेका मेट्रोको रेकर्ड छ। २ थान चाँचरसहित एक महिलालाई ललितपुर प्रहरीले पक्राउ गरेको थियो। 

ठग्नकै लागि हतियारको प्रयोग
प्रहरीले हतियारसहित पक्राउ गरेका अधिकांश व्यक्तिले ठगी गर्न हतियार प्रयोग गर्ने गरेको बयान दिएका छन्। महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले साना हतियार ठगी तथा लुटपाटमा प्रयोग हुने गरेको बताउँछन्। एसपी राठौरले भने, ‘केही वर्षअघिसम्म हतियारको प्रयोग कसैको ज्यान लिन हुने गरेको थियो। तर पछिल्लो समय लुटपाट, अवैध नगद कारोबार र नक्कली सुनको कारोबारलगायतका ठगीमा हतियारको प्रयोग हुने गरेको छ।’ प्रहरीको सो भनाइलाइ पक्राउ परेका व्यक्तिको क्रियाकलापले थप पुष्टि गरेको छ। 

गत असार ७ गते खुँडे भनिने अम्बरबहादुर तामाङलाई अपराध महाशाखाले पक्राउ गरेको थियो। उनका साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल, २ राउन्ड गोली र १२ सय अमेरिकी डलर बरामद गरेको थियो। उनी डलर साटिदिने भन्दै लुटपाट तथा नक्कली डलरको कारोबार गर्थे।

हतियारकै आडमा डकैती गर्ने अर्का व्यक्ति हुन्, राजन लिम्बू। लिम्बूलाई गत मंसिर २८ गते अपराध महाशाखाको टोलीले रातोपुलबाट पक्राउ गरेको थियो। त्यसबेला लिम्बूका साथबाट प्रहरीले एउटा पेस्तोल र ४ राउन्ड गोलीसमेत बरामद गरेको थियो। उनी हतियार देखाएरै लुटपाट गर्दै आएका व्यक्ति हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरीले विगत ६ महिनाको अवधिमा काठमाडौं उपत्यकाका झन्डै ५० जना टोले गुन्डा र २४ जना हतियार कारोबारी पक्राउ गरिसकेको छ। गुन्डाकै कारण समाजमा आतंक फैलिएको, हतियार देखाई सर्वसाधरणमा आतंक मच्चाएका कारण गुन्डाविरुद्ध कारबाही आवश्यक रहेको प्रहरीको भनाइ छ। 

यसरी हतियार देखाएर ठगी धन्दा हुन थालेपछि हतियार कारोबारी र टोले गुण्डाविरुद्ध प्रहरीले विशेष अभियान चलाएरै कारबाही सुरु गरेको हो। 

प्रहरीले गुण्डागर्दीमा संलग्न अशोक लामामाथि दिउँसै शंखमुलस्थित युएन् पार्कमा महाशाखाको टोलीले पक्राउ गरेको थियो। उनी सातदोबाटो, भैंसेपाटीलगायतका क्षेत्रमा आपराधिक गतिविधि सञ्चालन गर्थे। प्रहरीले लामाको साथबाट १ थान पेस्तोल र २ वटा गोलीसमेत बरामद गरेको थियो। 

लामा पक्राउ परेको २ दिनपछि महानगरीय प्रहरी परिसर काठमाडौंले ठमेलबाट गुण्डागर्दीमा संलग्न २ जना पक्राउ गर्यो। ठमेल क्षेत्रमा रहेका होटलमा गुण्डागर्दी गर्दै रकम असुल्ने २८ वर्षीय मनोज खत्री र २८ वर्षकै कुमार श्रेष्ठ पक्राउ परे। 

प्रहरीले विगत ६ महिनाको अवधिमा काठमाडौं उपत्यकाका झन्डै ५० जना टोले गुन्डा र २४ जना हतियार कारोबारी पक्राउ गरिसकेको छ। गुन्डाकै कारण समाजमा आतंक फैलिएको, हतियार देखाई सर्वसाधरणमा आतंक मच्चाएका कारण गुन्डाविरुद्ध कारबाही आवश्यक रहेको प्रहरीको भनाइ छ। 

‘समाजलाई शान्त राख्न गुन्डालाई कारबाही गर्नैपर्ने हुन्छ। परिसरले गुण्डा सफाइ अभियान थालेको हो,’महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले भने। 

टोले गुण्डा पक्राउ गरेपनि उनीहरु पनि सामान्य तारिखमा छुट्ने गरेका छन्। केही गुन्डा नाइके छुटाउन राजनीतिक दबाबसमेत आउने गरेको छ।

गत जेठ महिनामा गुण्डा नाइके राधे समूहका सदस्य देवकुमार थापा र कमल गुरुङ रिभल्बर र खुकुरीसहित ठमेलबाट पक्राउ परेका थिए। उनीहरूले ठमेल क्षेत्रमा गुन्डागर्दी गर्दै आएका थिए। परिसरकै प्रहरी टोलीले सपन मगर भनिने बिमल लुंगेलीलाई दरबारमार्गस्थित किंग्स लाउन्जबाट पक्राउ गरेको थियो। उनी दरबारमार्ग क्षेत्रमा गुण्डागर्दी गर्ने टोले गुन्डा हुन्।

गोंगबु, नयाँबजार, बालाजुलगायतका क्षेत्रमा गुण्डागर्दी गर्ने सुरेश डंगोल, राजकुमार ढुंगाना, रामकुमार घर्ती र भीमबहादुर थापालगायतका गुन्डा पक्राउ परेपनि धेरैजसो तारिखमा रिहा भइसकेका छन्। पक्राउ परेका व्यक्तिमाथि सार्वजनिक अपराधमा मुद्दा चलाएर प्रहरीले केही दिन थुनामा राख्ने र पछि उनीहरु धमाधम छुट्ने गरेका छन्। 

हतियार सहित पक्राउ परेकालाई प्रहरीले हातहतियार तथा खरखजना मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाउने गरेको छ। 

टोले गुण्डा पक्राउ गरेपनि उनीहरु पनि सामान्य तारिखमा छुट्ने गरेका छन्। केही गुन्डा नाइके छुटाउन राजनीतिक दबाबसमेत आउने गरेको छ। जसकारण पक्राउ पर्दै, छुट्दै पुनः आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको प्रहरी अधिकारी बताउँछन्।

प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्