• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १७, २०८२ Mon, Nov 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीको निसानामा टोले गुन्डा र हतियार कारोबारी

सात महिनामा २४ जना हतियारसहित पक्राउ, ९ पेस्तोल र ६७ गोली बरामद
64x64
नेपाल लाइभ सोमबार, फागुन ६, २०७५  ०७:३०
1140x725

काठमाडौं- गुन्डा नाइके राजु गोर्खाली अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। व्यवसायीका पसलमा ताला लगाउने, जथाभावी रकम उठाउने गरेको उजुरी परेपछि महानगरीय अपराध महाशाखाको टोलीले माघ २० गते गोर्खालीलाई बानेश्वरबाट पक्राउ गरेको थियो। 

गत माघ ८ गते गोंगबुस्थित एक गेस्ट हाउसमा हतियार कारोबार हुँदै गरेको गोप्य सूचना महानगरीय प्रहरी परिसर काठमाडौंमा आयो। विश्वस्त स्रोतबाट सूचना आएपछि परिसरका डिएसपी होबिन्द्र बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले काभ्रेका अभिलाश तामाङलाई पक्राउ गर्‍यो। उनको साथबाट एउटा पेस्तोल र गोली समेत बरामद गरेको थियो।

परिसर र अपराध महाशाखाले टोले गुण्डा र हतियार कारोबारीविरुद्ध चलाएका यी दुई अपरेसनका उदाहरण हुन्। पछिल्लो समय राजधानीमा साना हतियारको बिगबिगी बढ्दै गएको निष्कर्ष निकाल्दै प्रहरीले विशेष अभियान चलाएर कारबाही प्रक्रिया अघि बढाएको बताएको छ। 

समाजमा अशान्ति फैलाउँदै गुण्डागर्दीमा संलग्नलाई परिसर र महाशाखा दुबैले कारबाही अभियान सुरु गरेका छन्। प्रहरीले अभियान चलाएको ६ महिनाभन्दा बढी भइसकेको छ। धेरै टोले गुण्डा पक्राउ परिसकेको बताएको प्रहरीले उनीहरूमध्ये केहीबाट हतियारसमेत बरामद गरेको छ।

२४ जना हतियारसहित पक्राउ, ९ पेस्तोल र ६७ गोली बरामद
चालु आर्थिक वर्ष २०७५/७६ को माघ महिनासम्म मात्रै काठमाडौं उपत्यकाबाट २४ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीको तथ्यांकअनुसार काठमाडौंबाट सबैभन्दा बढी हातहतियार तथा खरखजनासम्बन्धी ९ वटा मुद्दा चलेको छ। 

मेट्रोका डिआइजी शैलेश थापाले काठमाडौंबाट १८ जना पुरुष हतियारसहित पक्राउ परेको बताएका छन्। उनीहरूका साथबाट ६ वटा पेस्तोल, १ रिभल्वर, १ कटुवा पेस्तोल गरी ८ वटा पेस्तोल बरामद भएको छ। त्यसैगरी पेस्तोलमा लाग्ने गोली १७ राउन्ड, कटुवा पेस्तोलमा लाग्ने गोली २ राउन्ड र अन्य हातहतियारमा लाग्ने गोली ४३ राउन्ड गरी ६२ राउन्ड गोली बरामद भएको डिआइजी थापाले जाकनारी दिए। काठमाडौंबाटै गोलीका खोका तीन थान र म्याग्जिन एक थान पनि बरामद भएको छ। 

राजधानीमा साना हतियारको बिगबिगी बढ्दै गएको निष्कर्ष निकाल्दै प्रहरीले विशेष अभियान चलाएर कारबाही प्रक्रिया अघि बढाएको बताएको छ। 

त्यस्तै भक्तपुरबाट ५ थान गोलीसहित ५ जना पक्राउ परेका थिए भने उनीहरूका साथबाट १ पेस्तोल बरामद भएको र उनीहरुलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ।

Ncell 2
Ncell 2

ललितपुरबाट हतियारसहित एक महिला पक्राउ परेका मेट्रोको रेकर्ड छ। २ थान चाँचरसहित एक महिलालाई ललितपुर प्रहरीले पक्राउ गरेको थियो। 

ठग्नकै लागि हतियारको प्रयोग
प्रहरीले हतियारसहित पक्राउ गरेका अधिकांश व्यक्तिले ठगी गर्न हतियार प्रयोग गर्ने गरेको बयान दिएका छन्। महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले साना हतियार ठगी तथा लुटपाटमा प्रयोग हुने गरेको बताउँछन्। एसपी राठौरले भने, ‘केही वर्षअघिसम्म हतियारको प्रयोग कसैको ज्यान लिन हुने गरेको थियो। तर पछिल्लो समय लुटपाट, अवैध नगद कारोबार र नक्कली सुनको कारोबारलगायतका ठगीमा हतियारको प्रयोग हुने गरेको छ।’ प्रहरीको सो भनाइलाइ पक्राउ परेका व्यक्तिको क्रियाकलापले थप पुष्टि गरेको छ। 

गत असार ७ गते खुँडे भनिने अम्बरबहादुर तामाङलाई अपराध महाशाखाले पक्राउ गरेको थियो। उनका साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल, २ राउन्ड गोली र १२ सय अमेरिकी डलर बरामद गरेको थियो। उनी डलर साटिदिने भन्दै लुटपाट तथा नक्कली डलरको कारोबार गर्थे।

हतियारकै आडमा डकैती गर्ने अर्का व्यक्ति हुन्, राजन लिम्बू। लिम्बूलाई गत मंसिर २८ गते अपराध महाशाखाको टोलीले रातोपुलबाट पक्राउ गरेको थियो। त्यसबेला लिम्बूका साथबाट प्रहरीले एउटा पेस्तोल र ४ राउन्ड गोलीसमेत बरामद गरेको थियो। उनी हतियार देखाएरै लुटपाट गर्दै आएका व्यक्ति हुन्।

प्रहरीले विगत ६ महिनाको अवधिमा काठमाडौं उपत्यकाका झन्डै ५० जना टोले गुन्डा र २४ जना हतियार कारोबारी पक्राउ गरिसकेको छ। गुन्डाकै कारण समाजमा आतंक फैलिएको, हतियार देखाई सर्वसाधरणमा आतंक मच्चाएका कारण गुन्डाविरुद्ध कारबाही आवश्यक रहेको प्रहरीको भनाइ छ। 

यसरी हतियार देखाएर ठगी धन्दा हुन थालेपछि हतियार कारोबारी र टोले गुण्डाविरुद्ध प्रहरीले विशेष अभियान चलाएरै कारबाही सुरु गरेको हो। 

प्रहरीले गुण्डागर्दीमा संलग्न अशोक लामामाथि दिउँसै शंखमुलस्थित युएन् पार्कमा महाशाखाको टोलीले पक्राउ गरेको थियो। उनी सातदोबाटो, भैंसेपाटीलगायतका क्षेत्रमा आपराधिक गतिविधि सञ्चालन गर्थे। प्रहरीले लामाको साथबाट १ थान पेस्तोल र २ वटा गोलीसमेत बरामद गरेको थियो। 

लामा पक्राउ परेको २ दिनपछि महानगरीय प्रहरी परिसर काठमाडौंले ठमेलबाट गुण्डागर्दीमा संलग्न २ जना पक्राउ गर्यो। ठमेल क्षेत्रमा रहेका होटलमा गुण्डागर्दी गर्दै रकम असुल्ने २८ वर्षीय मनोज खत्री र २८ वर्षकै कुमार श्रेष्ठ पक्राउ परे। 

प्रहरीले विगत ६ महिनाको अवधिमा काठमाडौं उपत्यकाका झन्डै ५० जना टोले गुन्डा र २४ जना हतियार कारोबारी पक्राउ गरिसकेको छ। गुन्डाकै कारण समाजमा आतंक फैलिएको, हतियार देखाई सर्वसाधरणमा आतंक मच्चाएका कारण गुन्डाविरुद्ध कारबाही आवश्यक रहेको प्रहरीको भनाइ छ। 

‘समाजलाई शान्त राख्न गुन्डालाई कारबाही गर्नैपर्ने हुन्छ। परिसरले गुण्डा सफाइ अभियान थालेको हो,’महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले भने। 

टोले गुण्डा पक्राउ गरेपनि उनीहरु पनि सामान्य तारिखमा छुट्ने गरेका छन्। केही गुन्डा नाइके छुटाउन राजनीतिक दबाबसमेत आउने गरेको छ।

गत जेठ महिनामा गुण्डा नाइके राधे समूहका सदस्य देवकुमार थापा र कमल गुरुङ रिभल्बर र खुकुरीसहित ठमेलबाट पक्राउ परेका थिए। उनीहरूले ठमेल क्षेत्रमा गुन्डागर्दी गर्दै आएका थिए। परिसरकै प्रहरी टोलीले सपन मगर भनिने बिमल लुंगेलीलाई दरबारमार्गस्थित किंग्स लाउन्जबाट पक्राउ गरेको थियो। उनी दरबारमार्ग क्षेत्रमा गुण्डागर्दी गर्ने टोले गुन्डा हुन्।

गोंगबु, नयाँबजार, बालाजुलगायतका क्षेत्रमा गुण्डागर्दी गर्ने सुरेश डंगोल, राजकुमार ढुंगाना, रामकुमार घर्ती र भीमबहादुर थापालगायतका गुन्डा पक्राउ परेपनि धेरैजसो तारिखमा रिहा भइसकेका छन्। पक्राउ परेका व्यक्तिमाथि सार्वजनिक अपराधमा मुद्दा चलाएर प्रहरीले केही दिन थुनामा राख्ने र पछि उनीहरु धमाधम छुट्ने गरेका छन्। 

हतियार सहित पक्राउ परेकालाई प्रहरीले हातहतियार तथा खरखजना मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाउने गरेको छ। 

टोले गुण्डा पक्राउ गरेपनि उनीहरु पनि सामान्य तारिखमा छुट्ने गरेका छन्। केही गुन्डा नाइके छुटाउन राजनीतिक दबाबसमेत आउने गरेको छ। जसकारण पक्राउ पर्दै, छुट्दै पुनः आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको प्रहरी अधिकारी बताउँछन्।

प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र
रोल्वालिङ क्षेत्रमा हिमपहिरो: ३ जना पर्यटकको मृत्यु, ८ बेपत्ता
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सम्बन्धित सामग्री
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ पक्राउ पर्नेहरूमा धादिङको धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं महानगरपालिका–१५ का २५ वर्षीय राजन देउला, भारतक... शुक्रबार, कात्तिक १४, २०८२
जेनजी आन्दोलनका ‘दोषी’ प्रहरीमाथि कारबाही हुने, प्रहरी विशेष अदालत गठन गरिँदै (यस्तो छ ऐन) गृह मन्त्रालय स्रोतका अनुसार तीन तहको प्रहरी अदालत गठन गरेर पदाधिकारी तोकिने छ । सरकारले भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भएका... मंगलबार, कात्तिक ११, २०८२
महाराजगञ्ज वृत्तका २ प्रहरी हत्याको कसुरमा थप ५ जना पक्राउ जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रहरी हत्याका क्रममा विभिन्न भूमिका खेल्ने व्यक्तिलाई खोजतलासका... आइतबार, कात्तिक ९, २०८२
ताजा समाचारसबै
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
रोल्वालिङ क्षेत्रमा हिमपहिरो: ३ जना पर्यटकको मृत्यु, ८ बेपत्ता सोमबार, कात्तिक १७, २०८२
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, कात्तिक १७, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक सोमबार, कात्तिक १७, २०८२
कर्मचारी र सुरक्षा निकायका प्रमुखलाई  प्रधानमन्त्रीले दिएको १४ बुँदे निर्देशन यस्तो छ (पूर्णपाठ) सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र आइतबार, कात्तिक १६, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्