कञ्चनपुर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार घुससहित बेलौरी नगरबाट सब–इन्जिनियरलाई पक्राउ गरेको छ।
सब इन्जिनियर ह्दयराज बजगाईंलाई सेवाग्राहीबाट घुस लिँदा लिँदै पक्राउ गरिएको आयोग कञ्चनपुर प्रवक्ता राजन नेपालले बताए।
उनका अनुसार बेलौरी नगरपालिका ४ र ६ जोड्ने कल्भर्ट निर्माणमा घुस मागेका सब इन्जिनियर बजगाईलाई कार्यालयबाटै पक्राउ गरिएको हो।
बजगाईंले ठेकेदारबाट अन्तिम फरफारकका लागि ६० हजार रुपैयाँ नदिए पास नगरिदिने भनेपछि ठेकेदार अख्तियारको शरणमा पुगेका थिए।
पक्राउ परेका बजगाईंलाई बेलौरीदेखि महेन्द्रनगर लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।