रुपन्देही– प्रदेश ५ प्रहरी कार्यालयको अपराध अनसुन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बुटवलमा लागुपर्दाथ चरेससहित ३ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिल्ली मल्लले दिएको जानकारीअनुसार बुटवल इँटाभट्टीबाट अन्दाजी ३० किलो लागुऔषध चरेस बरामद गरिएको हो। विशेष सूचनाको आधारमा प्रहरीले उक्त चरेस बरामद गरेको बताइएको छ।
आलुको बोरामा राखेर लैजानेक्रममा मकवानपुरका राजु कुमार स्याङताङ, शंकर बाइवा र इन्द्रमान तामाङलाई उक्त चरेससहित पक्राउ गरिएका मल्लले बताए। बरामद चरेस र पक्राउ परेका वयाक्तिहरुको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।