राजविराज- सप्तरीको राजविराज–कञ्चनपुर सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
राजविराजबाट कन्चनपुरतर्फ जादै गरेको स १ त ५५३४ नं. को ट्रयाक्ट्ररले ठक्कर दिँदा राजविराज-१ का विक्रम गिरीकी १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको हो।
ट्रयाक्टरको ठक्करबाट घाईते भएकी बालिकालाई राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर लैजाँदै गर्दा बोटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।