काठमाडौं– काठमाडौं महानगरपालिका– ३१ नयाँ बानेश्वरबाट प्रहरीले ३ थान बन्दुक बरामद गरेको छ।
नयाँ बानेश्वर बस्ने फुर्बाकाजी शाक्यको घरबाट भरुवा बन्दुक २ थान र थ्रीनटथ्री राइफल जस्तो देखिने बन्दुक १ थान बरामद भएको हो।
सोही घरमा डेरा गरी बस्ने व्यक्तिहरूले उक्त बन्दुक घरको कोठामा बेवारिसे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले उक्त बन्दुक बरामद गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।