काठमाडौं- सिन्धुलीमा भीषण असिना परेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ।
सिन्धुलीगढी, खनियाखर्कलगायतका क्षेत्रमा ठुलो असिनापानी परेपछि राजमार्ग नै अवरुद्ध भएको सिन्धुलीका एसपी चक्रबहादुर सिंहले जानकारी दिए।
असिनापानीका कारण बिपी राजमार्ग हुँदै चल्ने सवारी साधन अवरुद्ध भएका छन्।
असिनापानीका कारण काठमाडौंतर्फ आउँदै गरेका र सिन्धुली हुँदै पूर्वका लागि छुटेका अधिकांश गाडी रोकिएका छन्।
तस्बिर सौजन्यः युएन रायन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।