काठमाडौं- तारकेश्वर नगरपालिका-८ बाट ८ जना जुवाडे पक्राउ परेका छन्।
महानगरीय प्रहरी प्रहरी काठमाडौंको टोलीले घरबेटीसहित ८ जना जुवाडे पक्राउ गरेको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
उनीहरूका साथबाट प्रहरी २ लाख ७६ हजार रुपैयाँ, तासजुवा बरामद गरेको छ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।