• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नेकपा घोषणापत्रका एकवर्षे प्रतिबद्धता, जो पूरा भएनन्

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ३, २०७५  २२:५३
1140x725

काठमाडौं- तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा जाँदा संयुक्त घोषणापत्र सार्वजनिक गरेका थिए। गत जेठ ३ मा यी दुबै पार्टी एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ। गठबन्धनको घोषणापत्रलाई विश्वास गरेर जनताले मत दिएका थिए, तर हालको नेकपाले त्यतिबेला गरेका धेरै प्रतिबद्धता अनुरुप काम गर्न सकेको छैन। 

जनताको अपेक्षा बढाउने काम नेकपाले चुनावी घोषणापत्र र सरकारले नीति तथा कार्यक्रम मार्फत् गरेको थियो। वर्तमान सरकारले जनताको चुलिँदो आकांक्षा पूर्ति गर्ने गरी काम गर्ने लय समात्न भने सकेको छैन। ‘अस्वभाविक र तत्काल असम्भव हुने’ प्रतिबद्धता जाहेर गरेको तत्कालीन कम्युनिस्ट गठबन्धनको संयुक्त घोषणापत्र हामीले नियालेका छौं। 

चुनावअघि वाम गठबन्धनले जनतासँग गरेको प्रतिबद्धताअनुसार एक वर्षमा सम्पन्न हुने काम के थिए र तिनको वर्तमान अवस्थाका साथै प्रगति के-कति भएको हामीले संकलन गर्ने प्रयास गरेका छौं। 

प्रतिबद्धता-१
सरकार बनेको पहिलो वर्षमै पूर्व–पश्चिम राजमार्गको समानान्तर हुने गरी र रसुवागढी-काठमाडौं-वीरगञ्ज ७६५ केभी विद्युत प्रसारणलाइन निर्माण सुरु गरिनेछ। 

वास्तविकता
वामगठबन्धनले प्रस्तुत गरेको प्रतिवद्धता अनुसार पूर्व पश्चिम राजमार्गको समानान्तर प्रसारणलाइन बनाउने कार्यमा पहल भएको छ। साथै, रसुवागढी-काठमाडौं-वीरञ्गज ७६५ केभी विद्युत् प्रसारणलाइनको निर्माण कार्यप्रति सरकारले चासो दिएको छैन। सरकारको एक वर्षे अवधिमा यो कामका लागि चर्चा नै भएन। 

पूर्व-पश्चिम ७६५ केभी प्रसारणलाइन निर्माण गर्ने भनी सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको थियो। तर, बजेट छुट्याइएन।

प्रतिबद्धता-२
एक वर्षभित्र प्रदेश र स्थानीय तहका सहरी केन्द्रमा प्रदेश सरकारको सचिवालय, प्रदेश प्रमुख तथा मुख्यमन्त्री कार्यलय, प्रदेश सभा भवन, उच्च अदालतलगायत स्थानीय तहमा जनप्रशासन भवन, सभा भवन, विभागीय भवन, विद्यालय-महाविद्यालय, एकीकृत सेवा केन्द्र, अस्पताल, सामुदायिक सेवा भवन र सुरक्षा चौकीहरु निर्माणका लागि गुरुयोजना निर्माण गरिनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

वास्तविकता
स्थानीय तहका सहरी केन्द्रमा प्रदेश सरकारको सचिवालय स्थापनातर्फ कुनै पहल भएकै छैन। यसबीचमा प्रदेश सरकारको काम कारबाही जनताले अनुभुति गर्न सकेनन्। मुख्यमन्त्री र प्रदेश सदस्यले भुमिकाविहीन भएको आवाज उठाइरहे। प्रदेश र स्थानीय तहको क्षेत्राधिकारका विषयमा पनि दुई तहका सरकार वर्षभर नै रुमल्लिइरहे।

प्रतिवद्धता-३
सरकार बनेको एक वर्षभित्र भूकम्पपीडित, बाढीपीडित, पहिरोपीडित, घरबारविहीन सबै परिवारलाई घर निर्माणमा सहयोग गरिनेछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वास्तविकता
राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार लाभग्राही सूचीमा ८ लाख ११ हजार २ सय २१ घरपरिवार छन्। भुकम्प प्रभावित नागरिकका घर निर्माण गर्न तेश्रो किस्ता वितरण भएको छ। ३ लाख ६३ हजार ६४० घरका लागि तेस्रो किस्ताको रकम वितरण गरिएको छ। प्रभावित घरधुरीको सर्वेक्षण गरिएको कूल संख्या ९ लाख ९६ हजार ५ सय ८२ छ।

प्रतिबद्धता-४
काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले प्रतिस्थापन गरिनेछ। 

वास्तविकता
पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन हटाई विद्युतीय वाहन सञ्चालनको काममा नेकपा सरकार पूर्ण रुपमा असफल भएको छ। सरकार बनेको एक वर्षमा विद्युतीय सवारी साधन सञ्चालन गर्न सरकारले झिनो पहल गरेको छ। 

लुम्बिनी विकास कोषका लागि ल्याइएका ५ बसहरूमा मापदण्ड विपरीत भएको आवाज उठेपछि काठमाडौंका सडकमा ती सवारी गुडेनन्। साझा यातायात सहकारीले काठमाडौंमा सञ्चालन गर्ने तयारी गरेका विद्युतीय सवारी साधन निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि ल्याइएको थियो। गत कार्तिकमा प्रधानमन्त्रीले उद्धाटन गरेका बसहरु थन्किएर बसेका छन्।

गत महिना मन्त्रिपरिषद् बैठकले सरकारकै तर्फबाट ३ सय विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेपनि ती सवारी खरीद गर्ने प्रक्रिया सुरु भएकै छैन।

प्रतिबद्धता-५
सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार पुर्‍याइनेछ।

वास्तविकता
निर्वाचनअघिका चुनावी भाषणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वृद्धभत्ता ५ हजार वितरण गरिने बताएकाले अहिले यही कुराले सरकारलाई अप्ठ्यारोमा पारेको थियो।

पूर्व घोषणाअनुसार ओली सरकारले वृद्धभत्ता बढाउन त सकेन नै। पूर्ववर्ति सरकारले वृद्धभत्ताका प्राप्त गर्ने ६५ वर्ष बनाएको थियो तर यो सरकारले देउवा सरकारले गरेको सो निर्णय खारेज गरिदियो। ७० वर्षमाथिका नागरिकका लागि एक लाखसम्मको स्वास्थ्य बिमा सरकारले गरिदिने बजेटमा उल्लेख गरिएको थियो। तर, उक्त उमेर समूह पार गरेका वृद्धलाई बिमा गरिदिने प्रक्रिया पनि सुरु भएकै छैन।

प्रतिबद्धता-६
एक वर्षभित्र सम्पूर्ण नागरिकलाई विद्युतीय राष्ट्रिय परिचयपत्र र गरिबीका रेखामुनि रहेका नागरिकलाई विशेष परिचयपत्र उपलब्ध गराइनेछ। 

वास्तविकता
चुनावअघि घोषणा गरिएका विद्युतीय राष्ट्रिय परिचयपत्र एक वर्षमै नागरिकका हातमा पुर्याउने कार्य घोषणापत्रमै सिमित भएको छ। २०६७ देखि पहल भएको परिचयपत्र वर्तमान सरकारको कार्यकालमा पाँचथरका एक वृद्धालाई हस्तान्तरण गरी रोकिएको छ। 

अगामी वर्ष १५ जिल्ला, दोश्रो वर्ष २५ र बाँकी जिल्लाहरूमा तेश्रो वर्षमा वितरण गर्ने जनाइएको छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  २२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्