जनकपुर- धनुषामा ११ वर्षीया बालिकाको शव आधा शरीर जलेको अवस्थामा फेला परेको छ। मिथिला नगरपालिका वडा नं ३ मरलाधार मगर टोल बस्ने दुतिया रसाइलीको शव फेला परेको हो।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईका अनुसार बिहीबार बिहान साढे १० बजे शव भेटिएको हो। शवको प्रकृति हेर्दा हत्या गरेर जलाइएको हो वा जलाएर मारेको भन्नेबारे यकिन हुन नसकेको उनले जानकारी दिए।
मृतक बालिका बाेल्न नसक्ने अपांगता रहेको र बुधबार साँझ छिमेकमा भएको विवाहमा भोज खान गए पनि राति घर नफर्केकाे बताइएकाे छ।
बालिकाकी आमा नभएको, बुवाको मानसिक सन्तुलन ठिक नरहेको र हजुरआमासमेत आँखा नदेख्ने जनाइएको छ।
शव पोस्टमार्टम गर्न जनकपुर अञ्चल अस्पताल पठाइएको बताउँदै प्रनि राईले घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाए।
स्थानीयले बलात्कारपछि हत्या भएकाले पाेल खुल्ने डरले जलाएर मारिएको आशंका गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।