complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

केपी ओलीलाई अहिले भाषण सुहाउँदैन, काम सुहाउँछ : राजेन्द्र महतो [अन्तर्वार्ता]

\'अब बहुल राष्ट्रिय राज्यको लागि आन्दोलन\'
64x64
किशोर दहाल शुक्रबार, फागुन ३, २०७५  ०८:१८
1140x725

राष्ट्रिय जनता पार्टी कहिले सरकार पक्षीयजस्तो, कहिले प्रतिपक्षीजस्तो प्रतीत हुन्छ। प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीलाई समर्थन गरेको छ, तर बेलाबखतमा कडा आलोचना पनि गरिरहेको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा जाने हल्ला पनि बारम्बार चलिरहन्छ। यस्तो पार्टीले सरकारको एक वर्षलाई कसरी हेरिरहेको होला? राजपाका एकजना अध्यक्ष राजेन्द्र महतोसँग नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानीः

गत फागुन २२ गते संसदबाट प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको थियो- 'पार्टी ठूलो बनाउनुभयो, अब छाती ठूलो बनाउनुहोस्।' यसबीचमा प्रधानमन्त्रीलाई पटक-पटक भेट्नुभएको छ। उहाँको छाती ठूलो भएको महसुस गर्नुभयो?

छाती ठूलो बनाउने भनेको पूरै देशलाई समेट्ने अर्थमा भनेको थिएँ। सबै क्षेत्रका, सबै जात, भाषा, वर्ग, समुदायका मानिसलाई समेट्ने भनेको थिएँ। ठूलो पार्टीले छाती ठूलो बनाउने हो भने नेपालका सबै प्रकारका द्वन्द्व अन्त्य होला भन्ने मेरो आशय थियो। तर, केपी ओलीले छाती ठूलो बनाएको जस्तो देखिएन। यो कुरा व्यवहारले देखिन्थ्यो।

असन्तुष्टिहरु सम्बोधन गरेर मुलुकलाई निकास दिने र समृद्धितिर लैजाने खालको चिन्तन उहाँमा देखिएन। उहाँ भाषणमै सीमित हुनुभयो। खासमा उहाँले आफ्नो शक्तिको सदुपयोग गर्न सक्नुभएन।

असन्तुष्ट सबैलाई समेट्ने काम उहाँबाट हुनसकेको छैन। असन्तुष्टिहरु सम्बोधन गरेर मुलुकलाई निकास दिने र समृद्धितिर लैजाने खालको चिन्तन उहाँमा देखिएन। उहाँ भाषणमै सीमित हुनुभयो। हुन त उहाँ पहिले पनि भाषण नै गर्नुहुन्थ्यो। अहिले पनि त्यही भयो। बोली अनुसारको काम भएका छैनन्।

'सुखी नेपाली समृद्ध नेपाल' नारामात्रै भयो। न नेपाली सुखी हुनसके, न नेपाल समृद्धितर्फ जान सकेको छ। यसको मूल कारण सम्पूर्ण नेपालीलाई समेटेर समृद्धितिर लैजाने पहल नभएकैले हो। सबैलाई समेट्ने राष्ट्रवादको विकास गर्न सक्नुभएन। खासमा उहाँले आफ्नो शक्तिको सदुपयोग गर्न सक्नुभएन।

तपाईंले विगतको असन्तुष्टि नै सम्बोधन नभइसकेको संकेत गर्नुभयो। तर, प्रधानमन्त्री अबको मुद्दा विकास र समृद्धि मात्रै भएको भनेर भाषण गर्नुभएको सुन्नुभएकै होला?

आन्तरिक द्वन्द्व समाधान नगरी कुनै पनि मुलुक समृद्धितिर गएकै छैन। अहिले समृद्ध भनिएका मुलुकले धेरै पहिले नै आफ्नो मुलुकको आन्तरिक समस्या समाधान गरिसकेका थिए। भारत, चीन तथा अमेरिकाजस्ता मुलुकको उदाहरण हामीले हेर्न सक्छौं।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा पछिल्ला १५/२० वर्षमा विभिन्न द्वन्द्व भयो। विभिन्न जातजातिले आन्दोलन गरे। जनता सडकमा आए, आवाज उठाए। तर, त्यो आवाजलाई सम्बोधन गर्नुको साटो दबाइयो। शासकहरुले 'आफ्नै गोरुको बाह्रै टक्का' भन्ने सम्झिए। एउटै वर्ग र जातिको मात्रै मुलुक हो भन्ने व्यवहार गरे। यसरी त मुलुक कसरी चल्ला?

यस बीचका कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुग्न दिइएन। दबाइयो, फुटाइयो र कमजोर पारियो। जनताको दबाइएको भावना संविधानले सम्बोधन गर्न सक्थ्यो। तर, त्यो संविधान पनि गोलीबारीका बीच ल्याइयो। त्यसैले पनि विगतको असन्तुष्टि अझै पनि बाँकी छ।

नेपाल सबै नेपालीको भावना जागृत नभइकन केपी ओलीको 'सुखी नेपाली समृद्ध नेपाल' भन्ने नारा पूरा हुँदैन। त्यो भावना जागृत गराउनका लागि सबै प्रकारका विभेदहरु अन्त्य गर्नुपर्यो'। अधिकार र पहिचान दिनुपर्यो। नभए त सबै नेपाली सुखी हुनसक्दैनन्। केही नेपाली, वर्ग, जाति, समुदायमात्रै सुखी हुनसक्छ। अधिकांश नेपाली भने पीडामै हुन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बोलेको अनुसार काम नगर्नु नै उहाँको समस्या हो। उहाँको नियत नै ठीक छैन।

केही नेपाली समृद्ध हुँदैमा नेपाल नै समृद्ध हुँदैन। पचासौं लाख नेपाली रोजगारीको लागि खाडीमा भौतारिनुपर्ने र उनीहरु मध्यकै कैयौंको लास बाकसमा फिर्ता आउने बाध्यता रहुन्जेल नेपाल कसरी समृद्ध हुन्छ?

यसबीचमा तपाईंहरुले प्रधानमन्त्रीलाई पटक-पटक भेटेर आफ्ना कुरा राख्नुभएको छ। उहाँबाट प्रतिवद्धता आएको र समय सीमा तोकिएको पनि भनिन्छ, फेरि कुनै प्रगति भएको पनि सुनिँदैन। खासमा भेटमा के हुन्छ, पछि के मिल्दैन?

यहाँका हठवादी र खसवादी मानसिकता बोकेका शासकहरुले पहिल्यैदेखि ठग्नेमात्रै काम गरेका छन्। जति पनि आन्दोलन हुन्छ, सम्झौता गरिन्छ। तर, पछि आन्दोलनकारीलाई नै ठग्ने काम हुन्छ। सम्झौता लागू गरिँदैन। भेटघाटमा माग पूरा गर्छु भन्छन्, रोस्ट्रममै उभिएर पनि गर्छु भन्छन्, तर गर्दैनन्। अर्थात्, मुखले गर्छु भनिरहन्छन् तर कामले गर्दैनन्।

हामीले जतिपटक प्रधानमन्त्रीसँग भेटघाट गर्यौं, त्यतिबेला हुन्छ, गर्छु भन्नुभएको छ। तर, व्यवहार भने त्यही अनुसार भएन। बोलेको अनुसार काम नगर्नु नै उहाँको समस्या हो। उहाँको नियत नै ठीक छैन। खोट छ। उहाँले गर्न नचाहेकैले नभएको हो। नत्र शक्तिशाली सरकार छ। जनताको समस्या समाधान हुन्थ्यो।

खोकला राष्ट्रवादले काम चल्दैन। यो बहुल राष्ट्रिय राज्य हो। सबैको देश हो। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्थ्यो। तर, निर्वाचित सांसदलाई जेलमा कोचेर राख्छन् भने अरु के भन्नु? आन्दोलनकारी अपराधी हुने भए विगतका सबै आन्दोलनकारीलाई अपराधी घोषणा गरे भयो नि! अपराधीलाई छोड्देऊ म भन्दिनँ। तर, एउटा आन्दोलनकारी महाक्रान्तिकारी हुने अनि अर्को आन्दोनकारी अपराधी हुनसक्दैन नि! मैले यो भन्न खोजेको हो।

तपाईंहरु फेरि यही सरकारलाई समर्थन गरिरहनुभएको छ। किन गरिरहनुभएको त?

फिर्ता लियो भने त सकिइहाल्यो नि! त्यो अन्तिम अस्त्र हो। तर, अस्ति रेशम चौधरीलाई सपथ ग्रहण गराएपछि केही आशा पलाएको छ। अब सुध्रिए कि भन्ने आशा जागेको थियो। तर, फेरि जेलमा कोचिदिए। मुद्दा फिर्ताको कुरा भएको छैन।

यसबीचमा रेशम चौधरीलाई सपथ खुवाउने बाहेक अरु कुनै काममा तपाईंहरु पनि सफल हुनुभएन। सरकारसँगको संवाद र संघर्षमा तपाईंहरु पनि कमजोर देखिनुभयाे नि होइन?

हामी संघर्षकै तयारीमा लागेका छौं। जनतासँग बहुमत मागेका थिए, जनताले दिए पनि। तर, त्योअनुसार केही पनि काम भएन। बरु जनता नै फ्रस्टेसनमा गइसके। त्यसैले पनि जनता विकल्पको खोजीमा लागिसकेका छन्।

मेरो ३० वर्षको राजनीतिक अनुभवले के देखें भने नेपाललाई नेपाल बनाउन बहुल राष्ट्रिय राज्यको रुपमा स्थापना नगरिकन हुँदैन। अब मधेसी छुट्टै लड्नुपर्दैन। एक्लै लडेर केही पनि हुँदैन। यो मुलुकमा छुट्टाछुट्टै लडेर केही पनि हुँदैन। यसका लागि पहिचानवादी अधिकारका लागि लड्ने संगठन, समूह, पार्टी र व्यक्ति एकीकृत हुनुपर्छ।

कांग्रेसले पनि प्रतिपक्षीको भूमिका राम्रोसँग निर्वाह गर्न सकेको देखिएन। हामीसँगैको आन्दोलनकारी फोरम पनि सबै मुद्दा छाडेर सरकारकै शरणमा गयो। राष्ट्रिय जनता पार्टी अहिलेसम्म टिकिरहेको छ। तर, केही विकल्प दिन्छ कि भनेर जनताले हेरिरहेका छन्। यो पार्टी के गर्ला भनेर चासो दिइरहेका छन्।

अब हामी खरो उत्रिनुपर्छ। मेरो ३० वर्षको राजनीतिक अनुभवले के देखें भने नेपाललाई नेपाल बनाउन बहुल राष्ट्रिय राज्यको रुपमा स्थापना नगरिकन हुँदैन। यस्तो राज्य स्थापना गर्नुको मतलब हिमाल, पहाड, तराई र मधेसमा बस्ने विभिन्न आदिबासीजनजाति समूदायको पहिचानलाई मान्यता दिनुपर्यो। र सबैलाई कुनै न कुनै रुपमा राज्यसत्तामा सहभागी गराउनुपर्यो। यसका लागि बहुल राष्ट्रिय राज्य स्थापना हुनुपर्छ। यसका लागि एउटा राष्ट्रिय मुक्ति आन्दोलनको आवश्यकता छ। यो भनेको के भने, अब मधेसी छुट्टै लड्नुपर्दैन। एक्लै लडेर केही पनि हुँदैन। यो मुलुकमा छुट्टाछुट्टै लडेर केही पनि हुँदैन। यसका लागि पहिचानवादी अधिकारका लागि लड्ने संगठन, समूह, पार्टी र व्यक्ति एकीकृत हुनुपर्छ। एकतावद्ध हुनुपर्छ।

राजपा त्यसको लागि आवश्यक तयारी गरिरहेको छ। यसका लागि विभिन्न आन्दोनलकारी, पार्टी तथा नेताहरुसँग छलफल चलाइरहेका छौं। आगामी दिनमा हामी अगाडि बढ्छौं। यसका लागि सबैभन्दा महत्वपूर्ण हाम्रो पार्टीको महाधिवेशन हो। हामीले त्यसका लागि लागिरहेका छौं। र सँगसँगै राष्ट्रिय मुक्त आन्दोलनको तयारीमा पनि लागेका छौं।

अहिले सरकारकै तर्फबाट संघीयता विरोधी गतिविधि भइरहेका छन् भनेर आलोचना भइरहेका छन्। संघीयताको पक्षधर हौं भनेर दाबी गर्ने तपाईंहरु बोल्नुभएको छैन। किन नबोल्नुभएको? कि, सरकारको गतिविधिमा तपाईंहरुको पनि सहमति छ?

०४७ पछि संघीयता माग गर्ने शक्ति हामी नै हौं। त्यतिबेला हामीलाई मुलुक विखण्डन गर्न खोजेको भनेर आरोप लगाउँथे। तर, अन्ततः मुलुकले संघीयता पायो। तर, काम न काजको अधिकारविहीन संघीयता आयो। पहिचान, अधिकार, स्रोत, कर्मचारी तथा नियमकानुन केही छैन। सोच पनि एकात्मक प्रणालीअनुसार नै छ। त्यसैले संघीय शासनको भावनाअनुसार काम भइरहेको छैन। बजेट र अधिकार केन्द्रमा राख्ने र सिडियो पठाएर शासन चलाउन खोजिएको छ। जुन कारणले संघीयता मागिएको थियो, त्यसको विपरित काम भइरहेका छन्।

संघीयतालाई असफल बनाउने काम सरकारले गरिरहेको छ। यो कुरा जनताले त बुझिरहेको छ। कुनै पनि चिजको सीमा हुन्छ। पापको घडा भरिएपछि पोखिन्छ नै। अहिले पापको घडा भरिँदै छ। सरकार विगतको सारा उपलब्धीलाई समाप्त पार्ने गतिविधि गरिरहेको छ। सरकारले यसलाई सच्याएन भने विष्फोट हुनसक्छ।

खासमा परराष्ट्र, आर्थिक र सुरक्षाको अधिकार केन्द्रले राख्नुपर्छ। बाँकी सबै अधिकार प्रदेशलाई दिए हुन्छ। शासन र विकास गर्ने काम प्रदेशले गर्छ। त्यसपछि देशको विकास भइहाल्छ। काठमाडौंमै सबै अधिकार थुपारेर किन राख्नुपर्योा? तर, ठीक उल्टो काम केपी ओलीले गरिरहेका छन्। उनी त पहिले पनि संघीयता विरोधी नै थिए। एमाले संघीयताको समर्थन गर्ने पार्टी नै थिएन नि। माओवादी संघीयता मान्ने पार्टी नै थिएन। तर, उहाँ पनि एमालेसँग मिलिहाल्नुभयो। उहाँले भाषण गरिरहनुभएको त छ, तर उहाँकै पार्टी र सरकारले उल्टो-उल्टो काम गरिरहेको छ।

त्यसैले, संघीयतालाई असफल बनाउने काम सरकारले गरिरहेको छ। यो कुरा जनताले त बुझिरहेको छ। कुनै पनि चिजको सीमा हुन्छ। पापको घडा भरिएपछि पोखिन्छ नै। अहिले पापको घडा भरिँदै छ। सरकार विगतको सारा उपलब्धीलाई समाप्त पार्ने गतिविधि गरिरहेको छ। सरकारले यसलाई सच्याएन भने विष्फोट हुनसक्छ।

जुन शासकमा अहंकार हुन्छ, त्यसको अन्त्य पनि हुन्छ। जनताको तागतलाई जनताकै हितमा प्रयोग गर्नुपर्छ।

तपाईंहरु त पापको घडा भरिन्छ र पोखिन्छ भनेर कुरेर बसेजस्तो पो देखियो। संघीयता पक्षधर भनिने शक्तिले त्यसको अपनत्व लिनुपर्दैन? संघीयताको मर्म जोगाउन संघर्ष गर्नुपर्दैन?

अहिले 'वेट एन्ड वाच'को अवस्था हो। भन्ने बित्तिकै त कहाँ हुन्छ र? अहिले पनि नेपाली जनतालाई फ्रस्टेसन बढिरहेको छ। संघर्षको समय आउन बाँकी छ।

राजाले प्रतिगमन गरेपछि यस्तै हो अब भनिएको थियो। समय आएपछि अढाइ सय वर्षको राजाकाे शासन कहाँ गयो? सारा नेपाली पञ्च भनिएको थियो। पञ्चायत कहाँ पुग्यो? जुन शासकमा अहंकार हुन्छ, त्यसको अन्त्य पनि हुन्छ। जनताको तागतलाई जनताकै हितमा प्रयोग गर्नुपर्छ। देशको हितमा प्रयोग गर्नुपर्छ। तर, भएको छैन। अहिले पनि सुध्रिने समय छ। सुध्रिए भने देश र जनताको कल्याण हुन्छ। हामीले सचेत गराइरहेका छौं।

समग्रमा यो एक वर्षमा प्रधानमन्त्रीको कामकारबाहीप्रति तपाईंको मूल्यांकन कस्तो छ? उहाँ जसरी अगाडि बढ्दै हुनुहुन्छ, त्यसले ल्याउने सजिला र अप्ठ्यारा बाटा कस्ता हुनसक्छन्?

यस्तै रह्यो भने प्राप्त भएका उपलब्धी पनि गुम्न सक्छ। सरकार सुधारोन्मुख भएन भने प्रतिक्रान्ति हुनसक्छ। अहिलेको चिन्ता त्यहाँ हो। संघीयता विरोधी काम भइरह्यो भने प्रतिक्रान्ति नै हुने हो।

केपी ओली अहिले पनि भाषण गरिरहनुभएको छ। उहाँलाई अहिले नारा भाषण सुहाउँदैन। काम पो सुहाउँछ। उहाँ अहिले कार्यकारी पदमा बस्नुभएको छ। दुई तिहाइको सरकारको नेतृत्व गरिरहनुभएको छ। यस्तो अवस्थामा भाषणले जनता कहाँ सन्तुष्ट हुन्छन् त? उहाँले भन्नुभएको 'सुखी नेपाली समृद्धि नेपाल'त जनतालाई महसुस हुनुपर्यो। नारा लगाएको कुरा त जनताले व्यवहारमा महसुस गर्नुपर्यो। आफ्नो हातले आफ्नै पिठ थप्थप्याएर हुँदैन। जनताले पो राम्रो गर्नुभयो भनेर भन्नुपर्छ। जनताले त भनेको सुनिँदैन।

प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  ०८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्