काठमाडौं- अदालतले २६ लाख ७५ हजार २ सय ९५ रुपैयाँ नगद र एक वर्ष कैद सजाय सुनाएपछि फरार भएका उद्धव अधिकारी पक्राउ परेका छन्।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं जिल्ला अदालतको विसं २०७३ असोज ४ को फैसलाअनुसार उक्त सजाय सुनाएका काठमाडौं साङ्ला बस्ने ५६ वर्षीय अधिकारीलाई बुधबार दरबारमार्गबाट पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पक्राउ परेका अधिकारीले गोंगबुमा चाँदनी बहुद्देश्यीय सहकारी संस्था स्थापना गरी राष्ट्र बैंकको स्वीकृति नलिई निक्षेप सङ्कलन तथा कर्जा प्रवाह गरी ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका अधिकारीलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार कैद भुक्तानका लागि बिहीबार डिल्लीबजार कारागार पठाइएको ब्युरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।