• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पूर्व छापामारको अनुभव : क्रान्ति सही थियो, संगत गरियो गलत मान्छेको

64x64
नेपाल लाइभ बुधबार, फागुन १, २०७५  १४:१९
1140x725

पोखरा- सँगै पढेका र हुर्केका साथीभाइ सबैको लाहुरे हुने सपना। आमाबाबुले आशीर्वादमा पनि ‘ब्रिटिसे भएस्’ भन्ने। गाउँका लाहुरेको लवाइखुवाइ भव्य। उनीहरुकै सत्कार बढी। त्यसपछि फुच्चे प्रसादलाई लाग्यो, ‘अहो ! ठूलो भएपछि त लाहुरे बन्नुपर्ने रहेछ। म पनि त्यही बन्छु।’

प्रसाद बुढामगर ‘सुन्दर’को त्यो लाहुरे सपनालाई समयले हात समाएर डोहोर्यायो। अहिले उनी पोखराका चल्तीमा रहेका निर्माण व्यवसायी छन्। तर ठेक्कापट्टामा पनि उनी गर्छु नै भनेर भने आएका होइनन्। कुनैबेला उनी ‘वर्गीय समानता ल्याउँछु, समाजदेखि सामन्तलाई हटाउँछु’ भनेर जनयुद्धमा पनि होमिएका थिए। 

रोल्पाको विकट गाविस तत्कालीन जेल्बाङमा जन्मिए सुन्दर। गाउँमा स्कुल थिएन। झोलामा पिठो तरकारी बोकेर गाउँभन्दा परको अर्को गाउँमा पढ्न जानुपर्थ्यो त्यतिबेला। स्कुलमा उनी झगडालु स्वभावले परिचित थिए। 

स्कुलका कार्यक्रममा पनि मञ्चमा उभिएर निर्धक्क आफ्ना कुरा राखेको देखेर साथीहरुले जिस्काएर नेता भन्थे। ‘साथीहरुले नेता भनेपछि त्यसपछिका कैयौं रातसम्म पनि आफू नेता भएर भाषण गरिरहेको सपना देखेँ,’ सुन्दर सम्झन्छन्, ‘त्यतिबेला मैले देखेको सपनाबारे बाबालाई सुनाउँदा मुसुक्क हाँसिदिनुभएको थियो।’ 

सुके काण्डमा पहिलो भूमिगत
कक्षा ८ पढ्दापढ्दै राजनीतिमा लागेका हुन्, सुन्दर। तत्कालीन राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनमा लागेर उनले राजनीतिमा प्रवेश गरेका थिए। ‘त्यो बेला राप्रपा पञ्चायत पक्ष र जनमोर्चा जनपक्ष थियो। पढ्दा पनि कि पञ्चायत कि जनपक्ष भन्ने चलन थियो,’ सुरुआती दिनबारे सम्झँदै भन्छन्, ‘मैले जनमोर्चा पक्ष लिएर राजनीतिमा प्रवेश गरेँ।’ 

त्यतिबेला गाउँमा पञ्चायतको दादागिरी रवाफ छुट्टै थियो। सोझा र निमुखा जनतालाई दु:ख दिनु उनीहरुको सोखको विषय भइसकेको थियो। त्यतिबेला गाउँमा एउटा काण्ड भयो, त्यसमा उनको पनि नाम जोडियो। 

असोजे मेलामा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमोर्चाबीच भीषण युद्ध भयो। सो युद्धमा जनमोर्चाको नेतृत्व नन्दबहादुर पुन ‘पासाङ’ले गरेका थिए। त्यस घटना पनि उनकै नाम जोडियो। 

विसं २०५१ मंसिरमा पञ्चायत सुकबहादुर बुढाको हत्या भयो (त्यसलाई राल्पाली इतिहासमा सुके काण्ड पनि भनिन्छ)। त्यस काण्डमा अग्रपंक्तिमै प्रसाद बुढामगर नाम लेखिएर आयो। त्यसबेला उनी घटना भएको ठाउँभन्दा टाढा गजुल भन्ने ठाउँमा बसेर अध्ययन गरिरहेका थिए। ‘म त त्यतिबेला गाउँभन्दा पर बसेर पढ्थेँ। विपक्षी पार्टीको विद्यार्थी संगठनमा लाग्या भएरै मलाई फसाइयो,’ उनी भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

काण्डमा आफ्नो नाम मुछिएपछि सुन्दर जीवनमा पहिलो पटक भूमिगत भए। जंगलमा लुकेर महिनौं बसे। आफूले लगेर गएको ‘सातु’ले नै उनको जीवन धानिरहेको थियो। बाहिरका कोही अपरिचित मान्छे आए ‘समाउनै आए कि’ भनेर लुक्नुपर्ने त्यो बाध्यता।

२०५२ सालमा श्रीमतीसँग भागेर काठमाडौं गए। त्यतिबेला सिन्धुपाल्चोक, धुलिखेलमा एउटा ठूलो अस्पताल बन्दै गरेको रहेछ। त्यहीँ ज्यालादारी काम गरे ४ महिना। तलब थियो दिनको ४० रुपैयाँ।

गाउँबाट भागेर सहर छिरेका सुन्दरलाई त्यहाँ पनि सजिलो भएन। सुराकीका आधारमा प्रहरी उनलाई खोज्दैखोज्दै त्यहाँ आइपुगे। एकरात उनी जेलमा बसे। ‘एकोहोरो बयान लिन्थ्यो। एकरातमै जीवनभरलाई पुग्ने यातना दिन्थे। जानीजानी झुटा कुरा पनि हो भन्नै लगाउँथे,’ उनी थुनाको रात यसरी सम्झन्छन्। 

त्यही समयमा नेपालका प्रधानमन्त्री मनमोहन अधिकारी थिए। एमालेबाट ९ महिने कार्यकाल चलाइरहेका थिए। उनैको आदेश बमोजिम ५ जनाको नाम राखेर उनलाई भने सफाया दिइयो। फेरि मजदुरीमा लागे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

झोलामा ३ लाख रुपैयाँ बोकेर सुन्दर हप्ता दिनभन्दा बढी भूमिगत भए। त्यो बेला ३ लाख रुपैयाँ भन्नु अहिलेको करोडौँ बराबर।

मजदुरी गर्दागर्दै जेठी छोरीको जन्म भयो। कमाइ दिनको ४० रुपैयाँ। सुत्केरी श्रीमतीलाई राम्रो स्याहार नहुने देखेपछि छोरी जन्मिएको १० दिनमा रोल्पा फर्किए। छोरीको नाम बाटैमा राखे– क्रान्ति।

OOO

गाउँ फर्किएर रोकिएको पढाइ पूरा गर्ने ध्याउन्नमा लागे उनी। श्रीमती र छोरीलाई घरमै राखेर स्कुल जान थाले। त्यति नै बेला फेरि अर्को घट्ना भयो।

तत्कालीन गाम गाविसमा चल्ने असोजे मेलामा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमोर्चाबीच भीषण युद्ध भयो। सो युद्धमा जनमोर्चाको नेतृत्व नन्दबहादुर पुन ‘पासाङ’ले गरेका थिए। त्यस घटना पनि उनकै नाम जोडियो। 

सरकारले उक्त घटनाका आरोपीलाई समाउन अभियान नै चलायो। उक्त अभियानलाई अहिले ‘रोमियो अपरेसन’ का नामले चिनिन्छ। ‘उक्त घटना घट्दा म सूभिचौरमा थिएँ। जन कलाकारको जनसांस्कृतिक सम्मेलनमा थिएँ,’ उनी सम्झन्छन्। 

त्यतिबेला सुन्दर दोस्रो पटक भूमिगत भए। ‘त्यसबेला भूमिगत हुँदा भोगेको पीडाको कुनै लेखाजोखा छैन। कहिल्यै सम्झिन नपरे पनि हुन्थ्यो,’ उनको भावुकता छल्किन्छ।

युद्धमा गुम्यो देब्रे आँखा
सशस्त्र जनयुद्धमा सबैभन्दा बढी प्रभावित हुने जिल्ला रोल्पा पनि हो। त्यहाँ राज्यपक्ष र संघर्षरत पक्ष गरेर ७३ जनाले ज्यान गुमाएका छन्। र, त्यति नै मात्रामा बेपत्ता पनि। बेपत्ताका आफन्तले शान्ति प्रक्रिया भएको लामो समय बितिसक्दा पनि न श्वास पाएका छन् न लास नै। कति घाइते जीवन बाँचिरहेका छन्।

२०५३ सालमा आइपुग्दा वर्षमान पुन ‘अनन्त’ र किमबहादुर थापाको कमान्डमा प्युठान लुङचौकी आक्रमण हुने भयो। त्यही युद्धमा सामेल हुँदा सुन्दरको बाँया आँखामा एउटा गोली लाग्यो। अर्को गोली उनको घाँटी छोएर गयो। लगातार ३ गोली लागेपछि उनी ढले। 

प्रचण्ड र बाबुरामसँगै सुन्दरले धेरै रात पनि बिताएका छन्। अहिले उनीहरु नै भिन्न हुँदा कमरेड सुन्दर खिन्न छन्। भन्छन्, ‘गर्न त सही समयमा क्रान्ति गरिएको हो नि। तर सही समयमा गलत मान्छेको संगत गरिएछ।’ 

‘त्यसपछि के के भयो थाहा भएन। ब्युँझदा पार्टीको उपचार कक्षमा थिएँ,’ युद्धमय ती कहालीलाग्दा दिन अझै याद आउँछ उनलाई। हेडक्वार्टरमा १ महिना बसेपछि उपचारको लागि भारतको लखनउ लगियो। दिल्ली पुर्याइयो। त्यतिञ्जेलसम्म धेरै ढिलो भइसकेको थियो। ९ महिना उपचारपश्चात् घर फर्कदा संसार हेर्न एउटा आँखा सदाका लागि बन्द भइसकेको थियो। उनले देब्रे आँखा गुमाए। 

पार्टीको ३ लाख लिएर भूमिगत
गाउँको भूगोलमा जन्मिएपछि गाउँकै हावा लाग्छ। सहर भन्नु त कल्पना बाहिरको कुरा। गोठालो, उकालीओराली, खेतीपाती यसरी नै बित्यो सुन्दरको बाल्यकाल। छापामार भइसकेपछि उनलाई पहिलो पटक दाङ झर्ने ‘सौभाग्य’ मिल्यो। तत्कालीन राप्ती अञ्चलको व्यापारिक केन्द्र घोराही आए– पार्टीको ठूलो झोला काँधमा भिरेर। 

काँधको झोलामा ३ लाख रुपैयाँ थियो। सेनासँग लुक्दैलुक्दै सुन्दर पहिलो पटक घोराही आइपुगेका थिए। ‘त्यो बेला ३ लाख रुपैयाँ भन्नु त अहिलेको करोडौँ बराबरको थियो। सम्झँदा मात्र पनि डर लाग्छ अहिले,’ उनी सम्झन्छन्। 

झोलामा ३ लाख रुपैयाँ बोकेर सुन्दर हप्ता दिनभन्दा बढी भूमिगत भए। ‘भूमिगत हुँदा मर्छु भन्दा पनि कसरी पार्टीको ३ लाख बचाउने भनेरै सोचिन्थ्यो,’ उनी हाँस्दै भन्छन्, ‘कतैबाट सरकार पक्षले सुराकी पाइहाल्यो भने त पार्टीले मलाई गरेको विश्वास नै हराउँथ्यो भन्ने लाग्थ्यो।’ 

पछि उनले पार्टीलाई सकुसल रकम बुझाए। आनन्दको लामो श्वास फेरे। 

संघर्ष जर्नी  : रोल्पा टू पोखरा
२०६२ सालमा आँखाको उपचार गर्ने भनेर रोल्पादेखि पोखरा आए। आँखा गुमाएर अपांग हुनुको पीडा एकातिर छँदै छ, अर्कातिर घाइते/अपांगलाई पार्टीले हेर्ने दृष्टिकोणमा फरक हुँदै आएपछि पोखरा आएको उनी बताउँछन्। 

‘गाउँमा अझै परिवर्तन आएको थिएन। युद्धले सबै विस्थापित भइसकेका थिए। गाउँमा बस्नेहरु त अति विपन्न वर्ग मात्र थिए। जसको बाँच्नका लागि कोही थिएनन्। मर्न पनि काल बनेर आएन युद्ध पनि,’ दु:खी हुँदै भन्छन्, ‘छोराछोरीलाई पढाउन र आफू सम्मानजनक रुपमा बाँच्न पनि सहर आउनै पर्ने बाध्यता थियो।’

पोखरा पनि भनेजस्तो सजिलो थिएन। पोखरा बजारमा कैयौं दिन भोकै बसेका छन्, कति रात चाउचाउको भरमा कटाएका छन्। परिवार संख्या ठूलो भएकैले कोठा पनि पाएनन् सुरुमा। रामघाटमा बालुवा चालेर केही पैसा जोहो गरे।

पछि घर बनाउने ज्यामी काममा खटिए। श्रीमती र छोराछोरीलाई पनि साथमै लगेर काम गर्न थाले। ठेकेदारहरुसँग उनको चिनजान हुँदै गयो। ८ वर्ष ज्यालादारी मै बित्यो। न घाम, न चिसो।

‘२०७० सालमा बिरौटामा एउटा निर्माणाधीन घरको नाइके बस्ने काम पाएँ। त्यही काम नै मेरा लागि टर्निङ प्वाइन्ट भयो,’ उनी सम्झन्छन्। 

ठेक्कापट्टाको काम आफैंलाई धेरै आउन थालेपछि एउटा कम्पनी नै सुरु गरे– सुन्दर निर्माण सेवा।  

सुरुमा आफ्नै साइट जाँदा हर्कुलस ब्रान्डको पुरानो साइकल चलाएर जान्थे। घरमालिक व्यंग्य गर्थे, ‘साइकल चढ्नेले पनि के राम्रो घर बनाउला?’ काम ठूलो हो भन्ने विचार गरेर कामकै पछि लागे उनी। 

हाल उनीसँग २०/२२ को हाराहारीमा घरनिर्माणका सम्झौतापत्र छन्। पुरानो साइकल चढ्ने उनी अहिले मोटरसाइकल चढ्छन्। प्रत्यक्ष मात्रै सय जनाभन्दा बढीलाई रोजगार दिएका छन्। अझै उनको एउटा गुनासो छ, ‘काम धेरै छ। तर दक्ष जनशक्ति पाउनै गाह्रो।’ 

हाल उनीसँग २०/२२ को हाराहारीमा घरनिर्माणका सम्झौतापत्र छन्। पुरानो साइकल चढ्ने उनी अहिले मोटरसाइकल चढ्छन्। प्रत्यक्ष मात्रै सय जनाभन्दा बढीलाई रोजगार दिएका छन्।

जंगली फूल
पटकपटक भूमिगत भएपछि उनी पार्टीको विश्वास पात्र भए। छापामार भए। जंगल पसे। त्यसपछि त नामै फेरियो। 

कवि श्रवण मुकारुङको जंगली फूल कविताजस्तै गाउँघरमा प्रसाद नाम पाएका उनलाई जंगलमा गएपछि अर्कै नामले चिनाइयो– सुन्दर।

२०५४ सालमा पार्टी सदस्यबाट माओवादी छापामारमा संलग्न भएका उनी २०५५ मा पार्टी कमिटी सदस्य, २०५८ मा एरिया सेक्रेटरी हुँदै २०६१ मा रोल्पा जिल्ला सदस्य र १० नम्बर एरिया इन्चार्ज भए। यसरी उनी राजनीतिमा सक्रिय रहे कुनै बेला। 

जनयुद्धताका भगवान्‌भन्दा पनि माथिल्लो ओहोदामा बस्थे कमरेड प्रचण्ड र बाबुराम। उनीहरुसँगै सुन्दरले धेरै रात पनि बिताए। अहिले उनीहरु नै भिन्न हुँदा कमरेड सुन्दर खिन्न छन्। भन्छन्, ‘गर्न त सही समयमा क्रान्ति गरिएको हो नि। तर सही समयमा गलत मान्छेको संगत गरिएछ।’ 

(नेपाल लाइभ अर्काइभबाट। पहिलोपटक २o७५ माघ ५ गते प्रकाशित यो स्टोरीलाई 'जनयुद्ध दिवस'का सन्दर्भमा पुन: प्रकाशन गरेका हौं।)

प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्