काठमाडौं- जिल्ला प्रहरी कार्यालय कास्कीले १४ वर्षीय बालकको हत्या गरेको आरोपमा मंगलबार पर्वत मल्लाजका २१ वर्षीय 'बेनी काले' भनिने कुमार गर्बुजालाई पक्राउ गरेको छ।
पाल्पा रम्वापानी गाउँपालिका घर भई पोखरा महानगरपालिका–६ लेकसाइड शान्तिनगर डेरा गरी बस्ने जितबहादुर सिन्जालीका १४ वर्षीय छोरा सचिन सिन्जालीलाई मंगलबार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले गर्बुजालाई पक्राउ गरेको हो।
केटीको विषयमा बादविवाद हुँदा कुमारले सचिनलाई घाँटी, पेट र ढाडमा चक्कु प्रहार गरी हत्या गरेका थिए। फरार रहेका कुमारलाई प्रहरीले पोखरा महानगरपालिका–६, लेकसाइडबाट पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।