काठमाडाैं- लागुऔषधसहित २ युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२३ बस्ने १६ वर्षीय सुनिलकुमार यादव र १६ वर्षीय रामजनम ठाकुर रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।
गएराति जलेश्वर नगरपालिका–७ स्थित जिरोमाइलमा केही मानिस होहल्ला गरिरहेको खबर पाएर जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएकाे प्रहरी टोलीले ती दुई युवकलाई नियन्त्रणमा लिएर जाँच गर्दा उनीहरूको साथबाट लागुऔषध बरामद गरेकाे थियो।
प्रहरीले दुबै युवकको साथबाट १५ ग्राम लागुऔषध गाँजा र नाइटोभेट नामक लागुऔषध ३७ थान ट्याब्लेट बरामद गरेको थियो। लागुऔषधसहित पक्राउ परेका दुबैलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।