काठमाडौं- वीरगञ्जका दुई युवतीको शव भारतमा रेलको लिकमा भेटिएको छ। वीरगञ्जको सीमा नजिकको भारतीय सहर रक्सौलमा दुई नेपाली युवतीको शव भेटिएको हो।
उक्त शव नेपाली युवतीकै भएको प्रदेश २ का डिआइजी हरि पालले जानकारी दिए। उनले भने, ‘शव नेपाली युवतीको भएको पुष्टि भएको छ। नेपाल प्रहरी घटनास्थलमा खटिइसकेको र कानूनी प्रक्रिया पूरा गरेर शव बुझिन्छ।’
रक्सौल-सुगौली रेल्वेखण्ड अन्तर्गत कंगना ढाला नजिकै रेलको लिकमा उनीहरूको शव भेटिएको हो। शव नजिकै विद्यार्थी परिचपत्र पनि भेटिएको छ। उनीहरू दुबै जना वीरगञ्जको पब्लिक कलेजका छात्रा भएको खुलेको छ।
शवनजिकै भेटिएको परिचयपत्रमा निभा कुमारी साह नाम छ भने अर्की छात्रा किरण चौरसिया भएको डिआइजी पालले जानकारी दिए।
एक जनाको खुट्टा र एक जनाको टाउको काटिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। उनीहरु दुबैको शव नेपाल ल्याउने तयारी भइरहेको समेत डिआइजी पालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।