काठमाडौं– अपरहण तथा कर्तब्य ज्यान र कीर्ते मुद्दाका फरार २ अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
अपहरण तथा कर्तब्य ज्यान मुद्दामा उच्च अदालत विराटनगरको २०७४ जेठ ३० गते २० वर्ष कैद सजाय ठहर भई फरार रहेका मोरङ रंगेली नगरपालिका–४ बस्ने ठेङवा भन्ने रमेश मण्डललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मण्डललाई रंगेली नगरपालिका–४ बाट पक्राउ गरेको हो।
यसैगरी राहदानी कीर्ते मुद्धामा मोरङ जिल्ला अदालतको २०६८ साउन १३ गतेको फैसलाले १ महिना कैद सजाय ठहर भई फरार रहेकी मोरङकै धनपालथान गाउँपालिका–६ कदमाहका ४५ वर्षीया प्रमेश्चरीदेवि मण्डललाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ दुवैजनालाई आइतबार आवश्यक कारवाहीको लागि जिल्ला अदालत मोरङ पेश गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।