काठमाडौं– काभ्रेमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्।
१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दैलेख बिन्दासैनी नगरपालिका–१ घर भई बनेपा नगरपालिका–३ मा बस्ने ५० वर्षीय कमल अधिकारी पक्राउ परेका छन्।
बनेपा नगरपालिका काँक्रे बस्ने बालिकालाई 'मोबाइलमा फिल्म देखाइदिन्छु' भन्दै फकाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।
गत बुधबार कमल अधिकारीले बलात्कार गरेको भन्ने खबर शनिबार दिउँसो प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।