नवलपरासी- नवलपरासी र बाँकेकामा भएका सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
शुक्रबार करिब ८ बजेको समयमा नवलपरासी सुस्ता गाउँपालिका-२ साईफन स्थित बेलाटारी-त्रिबेणी सडकखण्डमा लु २७ प ४१६९ नम्बरको मोटर साईकल अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिका ९ का २८ वर्षीय पदमनारायण चौधरी र सोही स्थान बस्ने २४ वर्षीय ईश्वर चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उता बिहिबार साँझ बाँकेको राप्तिसोनारी गाउँपालिका वडा न १ मा लु.३० प.५०४८ न.को मोटर साईकल र विपरीत दिशा तर्फबाट जाँदै गरेको ना.६.ख.२६८७ नम्बरको ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।
बुटवल उप-महानगरपालिका-५ दयानगरका ५० वर्षीयको सोमलाल तिवारीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।