रोल्पा- आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पामा एक युवकको ज्यान गएको छ। रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुढाको छातीमा गोली लागेको छ। घरमा श्रीमती नभएको मौका छोपी बुढाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक लेखनाथ चापागाईंले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।