काठमाडौं– कर्तब्य ज्यान मुद्दाका फरार एक अभियुक्तलाई बारा प्रहरीले ५ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–६ बस्ने लखन सहनी छन्। सहनीले सोही नगरपालिकाकी २१ वर्षीया खुश्बुदेबी सहनीलाई २०७० कात्तिक १७ गते हत्या गरी फरार भएका थिए।
फरार सहनीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका सहनीलाई बारा जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि वीरगञ्ज कारागार पर्सामा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।