काठमाडौं– मानव बेचबिखन गर्ने उदेश्यले भारत पुर्याइएका १ सय ७९ जना नेपाली महिला र पुरुषको उद्धार गरिएको छ।
नेपालका विभिन्न ग्रामीण भेगका युवा युवतीलाई रोजगारीका लागि तेस्रो मुलुक पठाउने भन्दै तस्कर समूहले १ सय ७९ जना नेपालीलाई भारत पुर्याएको थियो।
जसमा १ सय ४७ जना महिला छन् भने ३२ जना पुरुष छन्। मानव तस्करको समूहले भारतको मनिपुर इनफालबाट खाडीका विभिन्न मुलुक हुँदै युरोपियन मुलुक पठाउने आश्वासन दिएका थिए।
तर, भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली दुतावासको सहयोगमा उनीहरूको उद्धार गरिएको दुतावासका काउन्सुलर तथा एसएसपी प्रकाश अधिकारीले जानकारी दिए।
एसएसपी अधिकारीको टोली र दिल्ली प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरिएको थियो।उनीहरुलाई कानूनी प्रक्रिया पूरा गरेर नेपाल ल्याउने तयारी भइरहेको दूतावासले जनाएको छ।
मानव तस्कर समूहको अनुसन्धान भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।