काठमाडौं– १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ६८ वर्षीय वृद्धलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुरको चौदन्डीगढी नगरपालिका–२ कामीटारका ६८ वर्षीय गोपीलाल परियार छन्। माघ १३ गते बालिकालाई नातामा हजुरबुवा पर्ने ५५ वर्षीय कमल परियारले 'केही दिनको लागि नातिनीलाई मेरो घर लान्छु' भनी लगेका थिए।
माघ २१ गते राति बालिका हजुरबुवाको कोठामा लाइटर लिन गएकी थिइन्। सोही मौका हजुरबुबा कमल परियार र छिमेकी गोपीलालले बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीकोमा उजुरी परेको थियो।
बालिकाकी मावली पट्टीको हजुरआमाले बुधबार इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा गोपीलाललाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बलात्कार आरोप लागेका कमल परियार भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।