विराटनगर– बुहारीले हानेको ढुंग्रीको चोटले ओखलढुंगामा बुधबार राति एक वृद्धको मृत्यु भएको छ।
सिद्धिचरण नगरपालिका–५, रुम्जाटारमा बुहारी ३० वर्षिया तारादेवीले फलामको ढुंग्रीले हान्दा ससुरा ७० वर्षीय रामकाजी गुरुङको मृत्यु भएको हो।
अंशवण्डाको विषयमा दुवै जनाको बीचमा विवाद हुँदा तारादेवीले आवेशमा आएर ससुरालाई ढुंग्रीले हिर्काएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। ढुंग्री प्रहारबाट वृद्धको घटनास्थलमै मृत्यु भएको थियो।
तारादेवीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।