काठमाडौं– प्रहरीलाई घुस दिने दुई जना पक्राउ परेका छन् ।
१ सय रुपैयाँ घुस दिने ललितपुर लेलेका २० वर्षीय प्रचण्ड रामजाली मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२७ असनस्थित महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले बा ४ ख १७६ नम्बरको मिनि टिपर जाँच गर्ने क्रममा कागजपत्र नभएको भनी चालक मगरले प्रहरीलाई उक्त रकम घुस दिन खोजेका थिए ।
यसैगरी काठमाडौं महानगरपालिका–१४ कलंकी ढुंगे अड्डास्थितबाट प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने धादिङ थाक्रे गाउँपालिका–२ बस्ने ३५ वर्षीय केदार मल्ल पनि बुधबार राति प्रहरीले पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको प्रहरीले बा ५ ख ६०८४ नम्बरको टिपर जाँच गर्ने क्रममा चालक मल्लले कागजपत्र नभएको भनी प्रहरीलाई उक्त रकम घुस दिन खोजेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।