काठमाडौं– पर्साको वीरगञ्ज महानगरपालिका–२४ रामगढवा बस्ने १९ वर्षीया एक किशोरी बलात्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँका ४० वर्षीय मतलुब मिया र वीरगञ्ज– २० का ३२ वर्षीय सम्सोदिन अन्सारी छन् । माघ १७ गते साँझ किशोरी घर बाहिर खेतमा निस्केको बेला अन्सारी र मियाले बलात्कार गर्न खोजेका थिए ।
किशोरीले प्रतिकार गरी भाग्दा दुबै जनाले लखटेर भुईमा लडाई कुटपिट गरी बलात्कार गरेका थिए । बलात्कारको घटना कतै भने ज्यान मार्ने धम्की समेत दिएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।