जनकपुर- कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार २ जनालाई धनुषाबाट पक्राउ गरेको छ।
धनुषाको सबैला नगरपालिका-१० खरिहानी बस्ने कांग्रेस कार्यकर्ता उमेश कापरमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा खरिहानी बस्ने ३९ वर्षीय सतिश कापर र सोही ठाउँ बस्ने ६६ वर्षीय चन्दर कापर रहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।
सोमबार साँझ उमेशमाथिए खुकुरी प्रहार भएको थियो। नेपाली कांग्रेसले सोमबार जनकपुरमा निकालेको विरोध कार्यक्रममा सहभागी भई घर फर्किएका उमेशमाथि ८/१० जनाको समूहमा आएका व्यक्तिहरुले कुटपिट गरी खुकुरी प्रहार गरेका थिए।
उमेशमाथि खुकुरी प्रहार गर्ने व्यक्तिहरु नेकपा कार्यकर्ता रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।