काठमाडौं- तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार (ल्हाेसार) अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइरहेका छन्।
मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ। यो २८५५औँ सोनाम ल्होछार हो।
मञ्जुश्री पात्रो सुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्हाेसार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्हाेसार पर्व मनाइन्छ।

यस अवसरमा नेपाल तामाङ घेदुङ लगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेका छन्। सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला संस्कृति लगायतको प्रदर्शन गरिएको छ।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।