काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएसँगै गायव भएको साढे ३३ किलो सुन तस्करीका एक अभियुक्तलाई दुबई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिशरण खड्का छन् ।
उनलाई दुबई प्रहरीले पक्राउ गरेको र नेपाल ल्याउन पहल सुरु गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । ‘पक्राउ परेको भन्ने जानकारी आएको छ’ प्रवक्ता सुवेदीले भने ‘कानूनी प्रक्रिया पूरा गरेर नेपाल ल्याउने तयारी हुँदैछ ।’
उनको नाम गत जुलाई २५ मा रेड कर्नर नोटिसमा राखिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।