काठमाडौं– बबिता साहकी २ वर्षीया छोरी अपरहण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालिका अपहरण गर्ने मनिष गुप्तालाई महोत्तरीबाट पक्राउ गरिएको परिसरका एसएसपी वसन्त लामाले जानकारी दिए।
सोमबार पक्राउ परेका गुप्तालाई प्रहरीले काठमाडौं ल्याइसकेको छ। गुप्ताले गत माघ ११ गते कोटेश्वरबाट बालिकाको अपहरण गरेका थिए । उनले बालिकालाई तिलगंगाको एक होटलमा छाडेर फरार भएका थिए ।
आफ्नो साढे २ लाख रुपैयाँ बबिताको श्रीमानले लगेर र पटक पटक फिर्ता गर्न भन्दा पनि फिर्ता नगरेकाले अपहरण गरेकोअपहरणकारीले बताएका थिए । डेढ लाख रुपैयाँ पाएपछि गुप्ता बालिका छाडेर भागेका थिए । अपहरणमै संलग्न भएको आरोपमा गुप्ताकी श्रीमती आरती र बबलु श्रेष्ठ यसअघि नै जनकपुरबाट पक्राउ परिसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।