काठमाडौं– काठमाडौं कमलादीस्थित ट्रेड लिंक इन्टरनेशनल प्रालिको कार्यालयबाट १५ लाख रुपैयाँ बढीको धनमाल चार्ने दुईजनालाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ।
२०७० कात्तिक २३ गते राति उक्त कार्यालयको झ्यालको जाली काटेर चोरी दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पाँच वर्षपछि दरबारमार्ग र न्यूरोडबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं यांगलाका २९ वर्षीय कारंजित र गोठाटारका २८ वर्षीय दामोदर श्रेष्ठ छन्। उनीहरुले उक्त कार्यालयमा रहेका नगद, मोबाइल, मेमोरी कार्ड गरी १५ लाख ८८ हजार ९ सय ८ रुपैयाँ बराबरका धनमाल चोरी गरेका थिए ।
चोरी भएपछि पीडित मनिषप्रसाद राजभण्डारी उजुरी दिएका थिए। उनीहरुविरुद्ध गत असारमा उच्च अदालत पाटनले जनही २३ लाख ८३ हजार ३ सय ६२ रुपैयाँ र १ महिना १५ दिन कैदको फैसला सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।