काठमाडौं- नेपाली कांग्रेसले सरकारको विरोधमा देशव्यापी प्रदर्शन गरेको छ।
सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएको कांग्रेसले ७७ जिल्लामा केन्द्रीय नेताहरुको सहभागितामा विरोध प्रर्दशन गरेको हो।
माघ १३ मा बसेको केन्द्रीय समितिको बैठकले सरकारको विरोधमा सडक आन्दोलन गर्ने निर्णय गरेको थियो। विरोध प्रर्दशनका क्रममा नेता-कार्यकर्ताले चिकित्सा विधेयक, हत्या अपरहरणका घटना, वाइडबडी भ्रष्टचार, बूढीगण्डकी आयोजना, ३३ किलो सुनकाण्ड लगायतका मुद्दा उठाएका थिए।

कांग्रेस कार्यकर्ताले विरोध प्रर्दशनका क्रममा सरकारको विरोधमा चर्को नाराबाजी गरेका थिए। सरकार विरोधी प्रर्दशनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुुँमा, महामन्त्री डा शशांक कोइराला नवलपुरमा, प्रकाशमान सिंह काठमाडौमा, प्रवक्ता विश्वप्रकाश शर्मा चितवनमा, डा शेखर कोइराला मोरङमा, गगन थापा पोखराको प्रदर्शनमा सहभागी भए।
राजधानीमा भएको विरोध प्रदर्शन शान्ति बाटिकामा पुगेर सभामा परिणत भएको थियो।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।