बिबिसी- सञ्चार माध्यममा कुनै चर्चा बिना नै उत्तर कोरियाली राष्ट्रपति किम जोन उन र फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते एकसाथ रेस्टुरेन्टमा भेटिएलान् भनेर जो कोहीलाई विश्वास नलाग्नु स्वभाविकै हो।
तर, यी दुई शाषकबीच भेट भएको र रेस्टुरेन्टमा सँगै खाना खाएका तस्बिर आइतबार एकाएक सार्वजनिक भए। यसले धेरैलाई अचम्मित पार्यो। तर, यी दुई नेताबीचको वास्तविक भेट भने होइन यो।
किम र दुतेर्तेजस्तै देखिने कलाकारले सोमबार हङकङको एक रेस्टुरेन्टमा सँगै खाना खाएको अभिनय प्रस्तुत गरेका थिए। दुई नेताले रेस्टुरेन्ट शयर गरेका दृश्य हेर्नेको भीड लागेको थियाे। साे क्रममा उनीहरुले हाेटलमा उपस्थित सेवाग्राहीसँग फाेटाे खिचाउनुका साथै हातसमेत मिलाएका थिए।
हेर्दा उस्तै लाग्ने यी दुईलाई देख्नेबित्तिकै धेरैले असली नेता नै उपस्थित भएकाे भनेर चकित परेका थिए।
यस्ता छन् विभिन्न सञ्चार माध्यमले सार्वजनिक गरेका तस्बिरहरुः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।