काठमाडौं- पर्सा प्रहरीले २१ किलो चरेससहित ५ जनालाई पक्राउ गरेको छ। वीरगञ्जको रानीघाटबाट ११ किलो र इनर्वाबाट १० किलो गरी २१ किलो चरेस बरामद गरेको हो।
प्रहरीले वीरगञ्ज–११ रानीघाट बस्ने ५५ वर्षीय रामबालक प्रसाद विनले भारत लैजान भन्दै बाँसघारीमा लुकाएर राखेको चरेस बरामद गरेको हो।
उक्त चरेस तस्करीमै संलग्न भएको आरोपमा प्रहरीले भारतको कानपुरका ४० वर्षीय मयंक वाजपेई र मकवानपुरको थाहा नगरपालिका–८ का ४१ वर्षीय सोमलाल थिङलाई पनि पक्राउ गरेको छ।
त्यसैगरी, वीरगञ्जबाट रक्सौलतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी इनर्वाले १० किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको प्रतापगढ गंगापुर कोहण्डलका २३ वर्षीय माेहमद मैनोदिन अन्सारी र मोतिहारी रक्सौलका २६ वर्षीय खुर्सेद अन्सारी छन्।
उनीहरुविरुद्ध लागऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।