राजविराज– गैरकानुनी रुपमा भारत निकासी हुँदै गरेको करीब साढे ४ लाख मूल्य बराबरको मदिरा, ढुवानीका लागि प्रयोग भएका सवारीसहित ४ जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको राजगढ गाउँपालिकास्थित नर्घोवाट को१ख २८५९ नम्बरको मिनी ट्रक तथा तीन वटा अटो रिक्सा प्रयोग गरी भारत निकासी हुँदै गरेको मदिरा नियन्त्रण गरिएको एसपी राजेन्द्र विष्टले जानकारी दिए। गाडिबाट ३ सय ४७ कार्टुन मामाश्री, १ सय १० कार्टुन दिलवाले, १८ कार्टुन कस्तुरी र १५ कार्टुन उमंग नामको मदिरा बरामद भएको उनले बताए।
मदिरा तस्करीमा संलग्न राजगढ गाउँपालिका–२ का शिवकुमार यादव, ३ का शत्रुधन यादव, सालिग्राम साह र उदयपुरको चौदण्डी नगरपालिका–५ का छैवुनारायण चौधरीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
बरामद सामान र सवारीसहित चारै जनालाई भन्सार कार्यालय बुझाइएको एसपी विष्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।