काठमाडौं– मालपोत कर्यालय जलेश्वर महोत्तरीका मुद्दा फाँटका नासु ढकबहादुर कार्की १० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको गौशाला नगरपालिका– १ रामनगरबाट उनलाई पक्राउ गरेको हो।
कार्की उदयपर त्रियुगा नगरपालिका– १७ बोक्सेका बासिन्दा हुन्। उनी ज९प ४९८६ नम्बरको मोटरसाइकल चढेर सेवाग्राहीसँग घुस लिन पुगेको सूचनाको आधारमा अख्तियारको टोलीले पक्राउ गरेको हो।
आमाको नाउँमा रहेको जग्गा आमाको मृत्युपछि छोरीहरूलाई नामसारी गर्ने क्रममा सर्जमिन मुचुल्का बनाउन उनले घुस मागेका थिए। सेवाग्राहीले अख्तियारमा गोप्य सूचना दिएपछि उनलाई अख्तियारको टोलीले समातेको हो।
उनी डेढ वर्षअघिमात्र सिन्धुली मालपोतबाट सरुवा भएर महोत्तरी आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।