गुण्डा नाइके राजु गार्खाली पक्राउ

नेपाल लाइभ

Nepal Live

 काठमाडौं– गुण्डा नइके राजु गार्खाली पक्राउ परेका छन्।

राजधानी का विभिन्न स्थानमा व्यवसायीहरुलाई घम्काउँदै रकम असुली गर्ने गरेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

अपराध अनुसन्धान महासाखाबाट खटिएको टोलीले उनलाई बानेश्वरबाट पक्राउ गरेको हो।

गोर्खालीलाई महाशाखाको टोलीले काठमाडौं मलको शिवलक्ष्मी कोजुको नामको ठेक्का आफूले अलिखित रुपमा स्वीकार गरेको भन्दै मलका व्यापारीलाई पसल खाली गर्न भन्दै रुकम असुल्ने र ताला लगाउने गरेको पाइएपछि पक्राउ गरेको हो।

मलका व्यापारी सुष्मा महरा, मुनिन्द्र बस्नेत, अजिता सिटौला, दिल बहादुर थापा लगायत ६ जना व्यक्तिहरूको पसलमा जबरजस्ती ताला लगाएर विगत ३ महिनादेखि अनाधिकृत कब्जा जमाई डर, धाक–धम्की दिने गरेको प्रहरीले जनाएको छ।

उनी राजन लिम्बुलाई रोयल डिस्कोमा तरबारले घाँटी काटेर हत्या गरेको अभियोगमा १० वर्ष कैद सजाय भोगेका व्यक्ति हुन्।

त्यस्तै उनलाई २०५५ सालमा ठमेल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेर सार्वजनिक अपराध मुद्दा चलेको थियो ।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने