साँखु- महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौं चापकोबोटबाट ८१ हजार ८ सय रुपैयाँँ नगदसहित १२ जुवाडेलाई पक्राउ गरेको छ।
शङ्खरापुर नगरपालिका–१ चापकोबोटस्थित कृष्णबहादुर थिङको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए।
पक्राउ पर्नेमा काठमाडौं शङ्खरापुर–१ बस्ने ५१ वर्षीय खड्कबहादुर भुजेल, सोही ठाउँका ४६ वर्षीय सीताराम रिमाल, ५७ वर्षीय बखान तामाङ, ५२ वर्षीय बुदे लामा, ६६ वर्षीय हेमबहादुर वास्तकोटीलगायत १२ जना रहेको खनालले बताए।
पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको तथा प्रचलित कानुनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ। यसअघि पनि महानगरीय प्रहरी वृत्त बौद्ध मातहत जोरपाटी र बौद्धको फूलबारीबाट ठूलो रकमसहित जुवाडे पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।