काठमाडौं– कञ्चनपुरकी एक महिलाको भारतीय सीमा सुरक्षा बलले शनिबार उद्धार गरेको छ।
भारतीय प्रहरीले कञ्चनपुर प्रेमनगर बस्ने २५ वर्षीया महिलालाई सीमाबाट उद्दार गरी शान्ति पुनर्स्थापना गृहमा बुझाइएको हो। कञ्चनपुर बस्ने शिवा चौधरीले ती महिलालाई भारत लैजान लागेको भारतीय एसएसबी इन्स्पेक्टर अभय यादवले बताए।
‘पुरुष एक्लै अगाडि गए र महिला पछि पछि जाँदै गरेकी थिइन्,’ उनले भने, ‘हामीलाई शंका लागेपछि सोधपुछ गर्दा महिलाले प्रष्ट जवाफ दिन सकिनन्। त्यसपछि पुनर्सथापना गृह बुझाएका हौँ।’
उनका अनुसार पुरुष भने प्रहरीबाट बच्न सफल भएका छन्। उनले पुरुषले ती महिलालाई बेच्ने उद्देश्यले लग्न लागेको हुन सक्ने आशंका व्यक्त गरे। ती महिलाले भारतीय प्रहरीलाई शिवा आफनो प्रेमी भएको बताएकी छन्।
इन्स्पेक्टर यादवले ती महिलाले आफनो श्रीमान छोडेर प्रेमीसँग जान लागेको सोधपुछका क्रममा बताएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।